• २४ बैशाख २०८१, सोमबार
  • ०५:३९:०५

Now: धौलागिरी हालचाल

Next: कायाकैरन

इन्फिनिटी लघुबित्तको समुह प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सल्यान । इन्फिनिटी लघुबित्त बित्तीय संस्था लिमिटेडले समुह प्रमुखहरुलाई बित्तीय साक्षरता कार्यक्रममा सहभागि गराएको छ । 

आज संस्थाको शाखा कार्यालय कपुरकोट सल्यानमा सम्पन्न एक दिने समुह प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रममा ५७ समुहका प्रमुखहरु सहभागि भएका थिए । सहभागिलाई संस्थाका अनुगमन तथा असुली बिभागका माधव सापकोटाले प्रशिक्षण दिनुभएकाे थियाे ।

सापकोटाले पछिल्लो समयमा भैरहेको विभिन्न समुहहरुको हो हल्लाको पछि नलागी आफ्नो बित्तीय अनुशासनलाई स्वस्थ राख्ने, कर्जा सदुपयोगिताको आवश्यकता र महत्त्व, बचत तथा कर्जाको प्रकार र आवश्यकताका बिषयमा सहभागिलाई जानकारी गराउनु भएकाे थियाे ।

इन्फिनिटी लघुबित्त बित्तीय संस्था लिमिटेट शाखा कार्यालय कपुरकोट सल्यानका शाखा प्रबन्धक चिन्तामणी वनले शाखाको आर्थिक बर्ष  ७९/८० को प्रतिबेदन पेश गर्दै सदस्यलाई बित्तीय अनुशासन बारे जानकारी गराउनुभएकाे हाे ।

यसैविच सोहि अबसरमा संस्थाको मुल्याङ्कनको आधारमा विभिन्न समुहलाई पुरस्कृत समेत गरिएको छ । बार्षिक मुल्यांकनको आधारमा छापनेटा इन्फिनिटी महिला समूह तृतीय, गोठिबन इन्फिनिटी महिला समुह द्धितिय र हिमाल इन्फिनिटी महिला समूह प्रथम भएको प्रबन्धक वनले बताउनुभयाे ।

साथै असल व्यावसायिको रुपमा हिरा कुमारी बुढाथोकी लाई पुरस्कृत गरिएको कार्यक्रममा प्रतीक्षा इन्फिनिटी महिला समुहका प्रमुख धना कुमारी घर्तीको अध्यक्षता तथा शाखा प्रबन्धक चिन्तामणी वनको संचालन रहेको थियो ।

प्रतिकृया दिनुहोस