बडिगाडमा बृद्धिमुखी उद्ययमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम सुभारम्भ

बडिगाड : गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय, बडिगाड गाउँपालिका र दायित्व संस्थाको त्रिपक्षिय सहकार्य आयोजनामा आज बडिगाडमा बृद्धिमुखि उद्ध्यमशिलता तथा रोजगार प्रवर्धन कार्यक्रमको सुभारम्भ गरिएको छ । बडिगाड गाउँपालिकामा बृद्धिमुखि उद्ध्यमशिलता तथा रोजगार प्रवर्धन कार्यक्रम अन्तर्गतको पहिलो चरणको उध्यमिहरुबाट आबेदन आहवानको कार्यक्रम बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले ब्यानेर पढेर उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन पछि बोल्दै कार्यक्रममा प्रमुख अतिथि बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीहरुले अब बडिगाडका किशान तथा कृषकहरुले निर्वाहमुखि भन्दा पनि ब्यावासायमुखि उत्पादनमा जोड दिनुभएको छ । उहाँले कृषकहरुलाई बडिगाडको उत्कृष्ट कृषक हुदै बडिगाडको कृषक आईकन हुन पनि आग्रह गर्नुभएको थियो ।
गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय, बडिगाड गाउँपालिका र दायित्व संस्थाको संयुक्त आयोजनामा सूरु हुन लागेको बृद्धिमुखि उद्ध्यमशिलता तथा रोजगार प्रबद्र्दन कार्यक्रम मार्फत बडिगाडका एकल तथा सामुहिक रुपमा कृषि तथा उत्पादन गर्ने कृषकहरुलाई उत्पादन तथा बजारिकरणमा सहयोग गरिने छ । साथै उत्कृष्ट कृषकहरु छनोट गरि चरणबद्ध रुपमा आर्थिक सहायता प्रदान गरिने पनि बताईएको छ । इच्छुक कृषक तथा उद्यमीहरुले आगामी चैत्र २९ गतेसम्म वडा कार्यलयमा पुगि नागरिकताको प्रमाणपत्र र ब्यावसाय दर्ता प्रमाणपत्र लगेर आवेदन दिन सकिने संस्थाले जनाएको छ ।
कार्यक्रम दायित्व संस्थाका गण्डकी प्रदेश संयोजक जुनतारा बुढा मगरको अध्यक्षता, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारको प्रमुख आतिथ्यता, आर आर टी संयोजक चन्दीराज पौडेलको स्वागत मन्वब्य रहेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भिमसेन बन, वडाका जनप्रतिनिधी सञ्चारकर्मीहरु लगायतको उपस्थिती रहेको कार्यक्रममको सञ्चानल उद्यम अधिकृत लक्ष्मी बिकले सञ्चालन गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस