नेपाल निवृत्त शिक्षक समाज बडिगाडको अध्यक्षमा केशब प्रसाद खरेल

खर्वाङ । नेपाल निवृत्त शिक्षक समाज बडिगाड गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । आज भानु माविमा सम्पन्न अधिवेशनले केशब प्रसाद खरेलको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा टोप बहादुर केसी, सचिवनमा तिर्थमणी भुसाल र कोषाध्यक्षमा कृष्ण प्रसाद खरेल लगाएत रहेका छन ।
अधिवेशनमा पुर्व शिक्षक एंव बडिगाड गाँउपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले सेवा निवृत्त शिक्षकहरुलाई पनि पालिकाका विभिन्न योजनामा समावेश गर्ने गरी तयारी थालिएको भन्दै शिक्षकका समस्या मध्यनजर गर्दै शिक्षकका अनुभवलाई रचनात्मक रुपमा प्रयोग गरिने बताईन् ।
सो अबसरमा नेपाल शिक्षक संघ गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष सागर खरेल, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका अध्यक्ष कृष्ण भट्टराई, भिमसेन माविका शिक्षक टिकाराम सापकोटा, काडेबाँस माविका पुर्व शिक्षक टंक बहादुर केसीले समाज परिवर्तनको दरिलो खम्बा शिक्षक भएको बताउदै निवृत्त शिक्षक एक हुन सके अनुभवका आधारमा पनि धेरै काम गर्न सकिने सुनाएका थिए ।
त्रिभुवन माविका पुर्व प्रध्यानाध्यापक कृष्ण प्रसाद खरेलको स्वागत, भानु माविका पुर्व प्रध्यानाध्यापक बालकृष्ण अर्यालको अध्यक्षता रहेको अधिवेशनको संचालन भने बनस्पती माविका पुर्व शिक्षक खिम श्रीसले गरेका थिए ।
प्रतिकृया दिनुहोस