दगातुन्डाँडा रुपन्देही सम्पर्क समाज रुपन्देहीको दोश्रो अधिवेशन तथा तेश्रो साधारण सभा सम्पन्न

रुपन्देही : दगातुन्डाँडा रुपन्देही सम्पर्क समाज रुपन्देहीको दोश्रो अधिवेशन तथा तेश्रो साधारण सभा (शनिवार) समपन्न भएको छ । अधिवेशनले चाणक्य अधिकारीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्व सम्मत रुपमा चयन गरेको छ जस्को उपाध्यक्षम मिना खरेल, सचिवमा इन्द्रमणी अर्याल, कोषध्यक्षमा वेल वहादुर पुलामी थापामगर, सह सचिवमा शिव पोखरेल र सदस्यहरुमा ज्ञानु के. सी, रमेश खराल, मनिषा खत्री, होम वहादुर थापा, सविना खत्री, लक्ष्मी अधिकारी, जगन्नाथ पोखरेल र अर्जुन सापकोटा रहनुभएको छ ।
अधिवेशनका प्रमुख अतिथि तिलोत्तमा नगरपालिका ५का वडाध्यक्ष हरी वहादुर क्षेत्रीवाट २०८०।८१को शैक्षिक सत्रमा एस.ई.इ., स्नातक, स्नातकोत्तरको विभिन्न संकायमा विशिष्ट श्रेणीमा सफल भएका १६ जना छात्रछात्राहरुलाई सुर्वणरत्न शिक्षाभूषण, मणीरत्न शिक्षाभूषण, वोधिसत्वमणी शिक्षाभूषणवाट सम्मान गरीयको थियो त्यसैै गरी ५ जनालाइ राष्ट्र सेवाको स्थायी सेवामा प्रवेश गर्न र पदमा वढुवा हुन सफल कर्मचारीहरुलाई राष्ट्र सेवक सम्मान र पालिका स्तर , प्रदेश स्तर,तथा संधिय स्तरको प्रतियाोगितामा उत्कृष्ट खेलाडी तथा कलाकार र वौद्धिक व्यक्तिहरुलाई सम्मान तथा प्रशंसा प्रदान गर्नु भएको थियो ।
अधिवेशनमा अध्यक्ष चाणक्य अधिकारीले प्रस्तुत गर्नु भएको प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष वेल वहादुर पुलामाी थापाले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरीयको थियो ।
प्रतिकृया दिनुहोस