• २३ भदौ २०८१, आइतबार
  • ०६:५२:५३

Now: राष्ट्र र सँगीत

Next: सारथी हालचाल

रुद्रावती बहुमुखी क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति वितरण 

वामीटक्सार  । मुसिकोट नगरपालिका ७ वामीटक्सारको रुद्रावती बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । आज क्याम्पसमा एक कार्यक्रमकाबीच ८५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको क्याम्पस प्रमुख कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

विश्वविद्यालय अनुदान आयोग, लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय र मुसिकोट नगरपालिकाबाट प्राप्त ‘उच्च शिक्षा अध्ययन प्रोत्साहन छात्रवृत्ति’ अन्तर्गत ५ लाख ५१ हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रमका अबसरमा मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल जिवनले विद्यार्थी जिवन सिकाईको चरणमा रहने भन्दै भएन र केहि गर्न सकिएन भन्दा पनि आफुसंग भएको ज्ञान, सिप र क्षमतासंग खुसी हुनुप्रर्नेमा जोड दिदै विद्यार्थीहरुको शैक्षिक सफलताको लागि पालिका सधै संगै रहेको बताउनुभयो ।

७ जना विद्यार्थीले लगातार चौथो वर्ष सम्म विश्वविद्यालय अनुदान आयोगबाट १५ हजारका दरले छात्रवृत्ति प्राप्त गर्ने क्याम्पसले जनाएको छ । भने लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयबाट ५० जना विद्यार्थीले ५ हजारका दरले र मुसिकोट नगरपालिकाबाट २८ जना विद्यार्थीले ७ हजारका दरले छात्रवृत्ति प्राप्त गरेको क्याम्पस प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

यस्तै क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष अग्निधर लोहनीले स्नातक तह प्रथम, द्वितीय, तृतीय र चौँथो वर्षमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रति विद्यार्थी ५ हजारका दरले पुरस्कार प्रदान गरेका थिए ।

सोहि अबसरमा स्वतन्त्र विद्यार्थी युनियनले नवनियुक्त क्याम्पस प्रमुख कृष्णप्रसाद सापकोटालाई सम्मान समेत गरेको छ । 

मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी, क्याम्पस सञ्चालक समिति उपाध्यक्ष एवं छात्रवृत्ति वितरण समितिका संयोजक तेजिन्द्र जिसी, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष अनिष पाठकले छात्रवृत्ति कार्यक्रमले विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहज हुने भएकाले सरोकारवालाले यसलाई निरन्तरता दिनुप्रर्नेमा जोड दिएका थिए ।

२ सय ६ जना विद्यार्थी अध्ययनरत रहेका रुद्रावती बहुमुखी क्याम्पसको छात्रवृत्ति वितरण कार्यक्रमको संचालन भने प्राध्यापक रामचन्द्र सापकोटाको गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस