• १ असोज २०८१, मंगलबार
  • ०१:२५:०४

Now:

Next: शुभारम्भ धुन

बडिगाडका पहिरो प्रभाबितलाई बडिगाड दलित सञ्जालको तर्फबाट राहत हस्तान्तरण

खर्वाङ : बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा गत साउन २२ गते गएको पहिरोबाट प्रभाबितहरुको लागि बडिगाड दलित सञ्जालको तर्फबाट राहत हस्तान्तरण गरिएको छ।
बडिगाड दलित सञ्जालको सहयोग अभियानबाट उठेको रकमले दैनिक उपभोग्य बस्तुहरु दाल, चामल, नुन तेल, सोयाबिन, साबुन, दाल चिनी लगायतका उपभोग्य सामान बितरण गरिएको दलित सञ्जालका सल्लाहाकार संयोजक लक्ष्मण बरालले बताउनुभयो ।

बुधवार घटनाका मृतक, घाइतेहरु तथा प्रभाबित १५ घरपरिवारलाई राहत वितरण गरिएको हो।  सो राहत हस्तान्तरण कार्यक्रममा बडिगाड दलित सञ्जालका सल्लाहाकार संयोजक लक्ष्मण बराल, अध्यक्ष पुर्ण बिक, उपाध्यक्ष प्रेम बहादुर बिक, कोषाध्यक्ष कोपीला परियार, सदस्य भुवन बिक, बडिगाड गाउँपालिकाका कार्यपालिका सदस्य सन्तोष बिक लगायतको सहभागिता रहेको थियो ।

गत साउन २२ गते बडिगाडमा गएको बाढी पहिरोका कारण ५० परिवार विस्थापित भएका छन्।  बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार पनि विस्थापित भएका हुन्।  पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था अझै अज्ञात छ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै