• ३ असोज २०८१, बिहीबार
  • ०६:५७:१८

Now: राष्ट्र र सँगीत

Next: सारथी हालचाल

मुसिकोट नगरपालिकाद्वारा अन्तर विद्यालय लोक सास्कृतिक कार्यक्रम सम्पन्न

वामीटक्सार । ६० आाैं राष्ट्रीय बाल दिवसको अवसरमा मुसिकोट नगरपालिकाद्वारा आयोजित अन्तर विद्यालय स्तरीय लोक साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ । वामीटक्सार स्थित महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयमा भएको कार्यक्रममा  नगरपालिकाभित्रका १३ विद्यालयको सहभागिता रहेको थियो । 

कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बालबालिकाको रचनात्मक क्षमताको विकाश, आफ्ना अधिकारको जानकारी गराउदै संरक्षण गर्ने गराउने, बालश्रम र बालशोषण बिरुद्द आवाज बुलन्द गर्ने गराउने उद्देश्यका कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

सो अबसरमा मुसिकोट नगरपालिका उपप्रमुख गंगा श्रेष्ठले बालबालिकाको अधिकार सुनिश्चितताको लागि सरोकारवाला सबैले ध्यान दिन जरुरी रहेको भन्दै आगामी दिनमा बालश्रम र बालशोषण अन्त्य हुने विश्वास ब्यक्त गर्नुभएको थियो ।

पालिकाले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा भने जनजागृति माध्यमिक विद्यालय मुसिकोट ३ बडागाँउ प्रथम, नेपाल राष्ट्रीय सर्वोदय माध्यमिक विद्यालय मुसिकोट १ पौदिअ्मराइ द्वितिय, त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट ६ कुर्घा भुवाचिदी तृतीय र पृथ्वी माध्यमिक विद्यालय मुसिकोट ३ बडागाँउ मैदान सान्तवना भएका थिए ।

हाल मुसिकोट नगरपालिका भित्रका विद्यालयहरुमा ८ हजार विद्यार्थीहरु अध्ययन गर्ने गरेको र कार्यक्रममा १ सय भन्दा बढी विद्यार्थीको सहभागी भएको मुसिकोट नगरपालिका शिक्षा शाखा अधिकृत प्रकाश नेपालीले जानकारी दिनुभयो ।

सामाजिक विकाश समिति सम्योजक ऋषिश्वर अर्यालको अध्यक्षता तथा शिक्षा शाखा अधिकृत प्रकाश नेपालीको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै