• ३ असोज २०८१, बिहीबार
  • ०६:५६:५०

Now: राष्ट्र र सँगीत

Next: सारथी हालचाल

निर्धन उत्थान खर्वाङशाखाबाट समुहका सदस्यलाई सहयोग रकम हस्तान्तरण

खर्वाङ : निर्धन उत्थान लघुबित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय खर्वाङ्गले सस्थाको समुहमा आबद्ध गुल्मी मुसिकोट नगरपालिका वडा न.६ सुवाराकी सदस्य बिष्णु माया गुरुङलाई बुधवार एक कार्यक्रमका बिच सहयोग रकम रु. दश हजार रुपैयां नगद सहयोग गरेको छ ।

बिगत ५ बर्ष देखि शाखा कार्यालय खर्वाङबाट संचालनमा रहेको सुवारा महिला समुहमा आबद्ध रहि कर्जा तथा बचतको कारोबार गर्दै आएकोमा हाल आएर बिगत केही महिना देखि मुटुको समस्याबाट ग्रसित भइ अपरेशन गराएकोमा सस्थाले केही राहत प्रदान होस भनी रकम हस्तान्तरण गरेकाे निर्धन उत्थान लघुबित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय खर्वाङ्गका प्रमुख नविन गुरुङले बताउनुभयो।

यस संस्थाले यस्ता किसिमका सहयोग तथा राहतका कार्यक्रम यस बैंकको समुहमा आबद्ध रही कर्जा कारोबार गर्दै आएका सदस्य तथा सदस्यका श्रीमान, छोरा, छोरीलाई सामाजिक उत्तरदायित्व अन्तरगत कुनै पनि गम्भिर रोगहरु जस्तै क्यान्सर, मृगौलाफेल, भई डायलसिस, मुटुको भल्बको सल्यक्रिया, लामो समयदेखि कोमामा उपचारत,

हृदयघातको कारण आजिवन अशक्त, बोनम्यारो प्रत्यारोपण, प्यारालाइसिस, आखाको ज्योति गुमेको, पाठेघरको समस्या भइ सल्यक्रिया गरी घातक बिरामी परेका हरुलाई साथै प्राकृति प्रकोप जस्तै हावाहुरी, बाढी पहिरोबाट सदस्यहरुमा पुर्णक्षेत्री पुगेमा समेत राहत प्रदान गर्दै आएको छ । यस संस्थाले देशको ७७ जिल्लामा रहेको आफना शाखाहरुबाट सदस्यलाई यस्ता किसिमको राहत तथा अनुदान दिदै आएको छ । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै