• ३ असोज २०८१, बिहीबार
  • ०६:०४:२०

Now: कायाकैरन

Next: राष्ट्र र सँगीत

शी लिड्स आइकनकाे सर्टलिस्टमा बडिगाड गाउँपालिका अध्यक्ष थापा 

बडिगाड । देशभरका महिला जनप्रतिनिधिहरुको आइकन प्रतियोगिता शी लिड्स आइकनमा बागलुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी पनि छनोट हुनुभएको छ । थापा सहित आइकनमा देशभरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरुसहित २७ जना महिला जनप्रतिनिधिमहरु सर्टलिस्ट भएका छन् ।

आईकनले सुरुमा देशभरका १२८ जना महिला जनप्रतिनिधिहरुलाई छनोट गरेको थियो । निणर्ायक मण्डलले छानेर २७ जनामा झारेका हुन् । जसमा तीन जना मात्रै पालिका प्रमुख छन् त्यसमा थापा पनि पर्नुभएको छ । सर्टलिस्ट गर्दा महिला स्वाथ्य, महिला उद्यमशिलता, नीति र न्याय, जवाफदेहिता लगायतका कुरामा ध्यान दिइएको बताइएको छ ।

सर्टलिस्ट भएका २७ महिला जनप्रतिनिधिहरुमा २० दिनसम्म हुने डिजिटल मतदानको आधारमा उत्कृृष्ट तीन जनालाई विजेता घोषणा गरिनेछ । आईकनले महिला जनप्रतिनिधिको काम र योगदानका आधारमा आइकनको रुपमा छनोट गरेको हो । गण्डकी प्रदेशबाट ३ जना मात्रै छनोट हुँदा थापा पहिलो नम्बरमा छनोट हुनुभएको हो । अब छनोट भएका २७ जना मध्येबाट उत्कृष्ट ३ जनालाई शी लिड्स आईकनको बिजेता बनाउन भोटिङ गर्नुपर्नछ ।

आफु यस प्रतियोगीताका लागि छनोट भएकोमा खुसी व्यक्त गर्दै थापाले बुधवार देखि २० दिनसम्मका लागि भोटिङ गर्ने मिति भएकाले सबैलाई अनलाईन मार्फत भोट गरी विजेता बनाउन आग्रह गर्नुभएको छ ।

“महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तिकरण र जवाफदेहिता” क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने ३ जना महिला जनप्रतिनिधिलाई सम्मान गर्दै महिला जनप्रतिनिधिको सुकर्मलाई विश्व सामु पुर्याउने उदेश्य कार्यक्रमको रहेको छ ।

विजेता ३ जना आईकनको कार्यस्थलमा पुगेर प्राविधिक टोली सहित वृत्तचित्र तयार पारिने जनाईएको छ । यसरी तयार पारिएको वृत्तचित्रलाई सामाजिक सञ्जाल, टेलिभिजन र शी लिड्स फेलोको मदतबाट नेपालमा ५० भन्दा बढी स्थानीय तहमा प्रर्दशन गरिने र सो बारे जनमत संकलन गरिने छ । साथै विशिष्टिकृत अग्रता को आधारमा शी लिड्स आईकनहरूलाई राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरी सम्मान गरिनेछ ।

भोटिङ प्रकृया

१) अनलाईन भोटिङ गर्नका लागि E-Sewa एपमा गएर voting भित्र भएको She Leads Icon भित्र गई भोटिङ आईडि १७ लेखि भोट गर्न सक्नुहुनेछ ।

२) अफलाईन भोटिङका लागि मोवाईलको म्यासेज बक्समा गई sli space 17 लेखि 31003 मा म्यासेज गरि भोट गर्न सक्नुहुनेछ ।

May be an image of 1 person and text

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै