• ३ असोज २०८१, बिहीबार
  • ०७:०३:४५

Now: सारथी हालचाल

Next: बीबीसी नेपाली

बडिगाड गाउँपालिका स्वास्थ्य शाखा जिल्लामै उत्कृष्ट

बडिगाड गाउँपालिका स्वास्थ्य सेवा अन्तरगतको कार्य सम्पादनमा बागलुङ जिल्लाकै उत्कृष्ट बनेको छ ।

गाउँपालिकाले प्रदान गर्ने स्वास्थ्य सेवा र प्रभावकारिताका विषयमा गरिएको मूल्यांकनमा जिल्लाकै उत्कृष्ट बनेको हो । स्वास्थ्य कार्यालय बागलुङले गरेको आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित कार्यक्रमको बार्षिक समिक्षामा बडिगाड गाउँपालिलाई जिल्लाकै उत्कृष्ट गाउँपालिकाको रुपमा घोषणा गरि सम्मान गरिएको छ ।

स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्पादनलाई विभिन्न सूचकलाई आधार मानेर मुल्याङ्कन गर्दा बडिगाड जिल्लामै उत्कृष्ट पालिकाको रुपमा रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । जिल्लाका १० स्थानिय तहमा स्वास्थ्य क्षेत्रमा भएका कार्यसम्पादन र विभिन्न सूचकका आधारमा मुल्याङन गरिएको थियो ।

त्यस्तै जिल्लाभर रहेका १ सय १९ वटा स्वास्थ्य संस्था मध्ये बडिगाड गाउँपालिका अन्तर्गत रहेका ३ वटा स्वास्थ्य संस्थाहरु पुरस्कृत भएका छन् । जसमध्ये ग्वालिचौर स्वास्थ्य चौकी जिल्लामै दोश्रो, दर्लिङ स्वास्थ्य चौकी तृतीय र आधारभूत स्वास्थ्य सेवा केन्द्र खर्बाङ चौँथो हुन सफल भएका छन् ।

गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जिल्लामै उत्कृष्ट स्वास्थ्य शाखाको रुपमा पुरस्कृत भएकोमा खुसी व्यक्त गर्दै उत्कृष्ट कार्यसम्पादन गरी पालिकाको गरिमा बढाउन सफल भएकोमा बडिगाड स्वास्थ्य शाखा साथै पालिका अन्तर्गत रहेका सम्पूणर् स्वास्थ्यकर्मी र स्वंयसेविकाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै