• १ असोज २०८१, मंगलबार
  • ०१:१४:४९

Now:

Next: शुभारम्भ धुन

मुसिकोट बिसौनाका पहिरोपीडित परिवारलाई आइएमई लाइफद्वारा राहत प्रदान

गुल्मी । आइएमई लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेड जिल्ला शाखा गुल्मीले सातौँ वार्षिकाेत्सवको अवसरमा पहिरोपीडित परिवारलाई राहत प्रदान गरेको छ। मुसिकोट नगरपालिका– १ थाम बिसौनाका तीन घरपरिवारलाई कम्पनीले ६५ हजारबराबरको खाद्यान्य, लत्ताकपडा र भान्साका सामग्री प्रदान गरेको शाखा प्रबन्धक विमल छन्तेलले बताए । 

उनले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत पहिरोले मानवीय तथा भौतिक क्षति भएको मुसिकोटमा सहयोग गरिएको बताए। इन्स्युरेन्स कम्पनीको क्षेत्रीय शाखा प्रबन्धक खुमलाल अर्यालले मुसिकोट नगरपालिकाका उपमेयर गंगा श्रेष्ठ, मुसिकोट नगरपालिका– १ कार्यवाहक वडाध्यक्ष पीडित विष्णु खातीलगायतको रोहवरमा परिवारलाई राहत प्रदान गरेका थिए ।

कम्पनीले वृक्षरोपण, सचेतना अभिमुखीकरण, विपतबाट प्रभावितलाई राहत, फरक क्षमता भएका विद्यार्थीलाई अध्ययन सामग्री सहयोग, स्वास्थ्य शिविर, सरसफाइ सामग्री सहयोग र रक्तदान कार्यक्रम देशैभर गरेकाे क्षेत्रीय प्रबन्धक खुमलाल अर्यालले जानकारी दिए ।

मुसिकोट नगरपालिकाकी उपमेयर गंगा श्रेष्ठले वार्षिकाेत्सवको अवसरमा विपतबाट प्रभावित विपन्न दलित परिवारमा राहत प्रदान गर्ने आइएमई लाइफप्रति आभार प्रकट गरिन्। मुसिकोट नगरपालिका– १ बिसौनामा २२ साउन गतेको पहिरोका कारण हुकुमबहादुर विक, मसुरी विक, ओमबहादुर विक र रियान्सी विकको मृत्यु भएको थियो ।

पहिरोमा घाइते विष्णु विक र मुना विकको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।  

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै