सलामीको सम्झनामा नेकपा एमालेद्धारा शोक सभा सम्पन्न

खर्वाङ : नेकपा एमाले बडिगाड २ वडा कमिटिले मंगलवार श्रदाञ्जली सभा सम्पन्न गरेको छ । नेकपा एमाले दगा तुम्डाडाँका संस्थापक सदस्य बडिगाड २ सक्न्यार निवासी स्वर्गीय बेल बहादुर सलामीको १३ औं दिनको पुण्य तिथीको अवसरमा उहाकै निवासमा सो सभा गरिएको हो ।
उक्त अवसरमा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य शुनिल शेरचन, जिल्ला कमिटी उपाध्यक्ष बिष्णु प्रसाद भुषाल, जिल्ला कमिटी सदस्य ढालेन्द्र शेरचन, थुमा सापकोटा, एमाले बडिगाड २ का वडा कमिटी अध्यक्ष बिष्णु अर्याल, जिल्ला कमिटी सदस्य हितमान शेरचन लगायतको उपस्थिती रहेको थियो ।
सो सभामा शोक बक्तब्य ब्यक्त गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य शुनिल शेरचन लगायतले सलामीको निधनले पार्टीलाई अपुरणिय क्षती भएको भन्दै उहॉको योगदानको संस्मरण समेत गरेका थिए । श्रदाञ्जली सभाको गाउँ कमिटी सदस्य लेखक पुनले सञ्चालन गरेका थिए ।
प्रतिकृया दिनुहोस