• २ कार्तिक २०८१, शुक्रबार
  • १२:०५:४९

Now: नेपाल खवर

Next: माई च्वाईस

मुसिकोटका सबै वडामा एमालेकाे वडा कमिटी गठन, नगर अधिवेशनको तयारी पुरा

खर्वाङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मुसिकोट नगरकमिटिले नगरका सबै वडाहरुमा वडा कमिटी गठन गरेको छ ।

यस अघि गत भदौ ३१ गतेको नगर कमिटीको बैठकले असोज ११ गते भित्र नगरका सबै वडामा वडा कमिटीको गठन गर्ने निणर्य गरेको थियो । नगर कमिटीको बैठकको निणर्य अनुशारनै मुसिकोट नगरपालिकाका ९ वटै वडामा वडा कमिटी गठन गरिएको नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेले जनाकारी दिए ।

काफ्लेका अनुशार वडा नं. १ मा दुर्गा पौडेलको अध्यक्षतामा २७ सदस्यीय, वडा नं. २ मा नर बहादुर खत्री (बाबुराम) को अध्यक्षतामा २५ सदस्यीय, वडा नं. ३ मा मधु मल्ल ठकुरीको अध्यक्षतामा २१ सदस्यीय, वडा नं. ४ मा ओम बहादुर केसीको २३ सदस्यीय र वडा नं. ५ मा चन्द्र बहादुर खरेलको अध्यक्षतामा २१ सदस्यीय कमिटिको गठन गरिएको हो ।

यस्तै मुसिकोट नगरपालिका ६ मा हेमराज शर्माको अध्यक्षतामा ३१ सदस्यीय, वडा नं. ७ मा श्रीकृष्ण सापकोटाको अध्यक्षतामा २३ सदस्यीय, वडा नं. ८ मा चुरा बहादुर खत्रीको अध्यक्षतामा २१ सदस्यीय र वडा नं. ९ मा खडक बहादुर खत्रीको अध्यक्षतामा २१ सदस्यिय वडा कमिटी सर्वसम्मत रुपमा गठन गरिएको छ ।

नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेले यहि असोज १४ गते सोमबार वामीटक्सारमा हुने एमालेको नगर अधिवेशनको तयारी समेत पुरा भएको समेत बताए । 

प्रतिकृया दिनुहोस