• २ कार्तिक २०८१, शुक्रबार
  • १२:०२:३९

Now: नेपाल खवर

Next: माई च्वाईस

मुसिकोट नगरपालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन

वामीटक्सार । नेपाल कम्युनिष्ट पार्टि (एमाले) मुसिकोट नगर कमिटिको दोश्रो नगर अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । सोमबार वामीटक्सारमा सम्पन्न अधिवेशनले पुनः प्रकाश काफ्लेको अध्यक्षतामा ६३ सदस्यीय नगर कमिटिको गठन गरेको छ ।

एमाले मुसिकोट नगरकमिटिको उपाध्यक्षमा पुस्तक छन्त्याल, सचिव रामकृष्ण कंडेल, उपसचिव भागिराथ खरेल, साबित्रा बिष्ट लगाएत रहेको एमाले मुसिकोटले जनाएको छ । 

एमाले नगरकमिटिको लेखा समिति भने सुन्दर प्रधान अध्यक्ष र शंकर केसी सचिव रहेको ६ सदस्यी रहेको सचिव रामकृष्ण कंडेलले जनाकारी दिए ।

नगरकमिटिमा मुसिकोटका सबै वडाको प्रतिनिधित्व गर्दै ३९ जना, ४० वर्ष मुनिका युवातर्फबाट ९ जना नगर कमिटिमा सदस्य समावेश गरिएको छ । दलित तर्फबाट ५ जना, जनजातितर्फ ४ जना, फरक क्षमताका एक जना सहित नगरकमिटि ६३ सदस्यीय रहेको अध्यक्ष काफ्लेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस