• २ कार्तिक २०८१, शुक्रबार
  • १२:०२:१२

Now: नेपाल खवर

Next: माई च्वाईस

बडिगाड गाउँपालिकाकाे स्वास्थ्य शाखा गण्डकी प्रदेशमा दोश्रो 

खर्वाङ । बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखा गण्डकी प्रदेशमै दोश्रो बनेको छ । पालिकाको स्वास्थ्य शाखाले आर्थिक वर्ष २०७९/०८० मा गरेको कार्यसम्पादनको आधारमा गाउँपालिका प्रदेशमै उत्कृष्ट कार्य गर्दै दोश्रो बनेको हो ।

गण्डकी प्रदेश स्तरिय स्वास्थ्य शाखाहरुको बार्षिक समिक्षा कार्यक्रममा प्रदेश भरका ८५ वटा स्थानीय पालिकालाई पछाडी पार्दै दोश्रो बनेको बडिगाड गाउँपालिका सम्मानित भएको छ । गण्डकी प्रदेश स्वास्थ्य मन्त्री कृष्ण पाठकले गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, र प्रमुख प्रशाशकीय अधिकृत मुक्ति पौडेललाई सम्मान गर्नुभएको हो ।

प्रदेशमै दोश्रो भएकोमा खुसी व्यक्त गर्दै गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लगायत सम्पूर्ण स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई धन्यवाद दिनुभयो । उहाँले अर्को वर्ष प्रथम हुने गरी काम गर्न आग्रह गर्नुभयो ।

यसअगाडी गाउँपालिका स्वास्थ्य सेवा अन्तरगतको कार्य सम्पादनमा बागलुङ जिल्लामा उत्कृष्ट बनेको थियो । स्वास्थ्य कार्यालय बागलुङले आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित कार्यक्रमको बार्षिक समिक्षामा बडिगाड गाउँपालिलाई जिल्लाकै उत्कृष्ट गाउँपालिकाको रुपमा घोषणा गरि सम्मान गरेको थियो ।

प्रतिकृया दिनुहोस