• १६ श्रावण २०८३, शनिबार
  • ०२:२५:४३

Now:

Next: शुभारम्भ धुन

बागलुङकाे रुम्टामा लोकमार्गबाट खसेको पहिरोले ७ घर जोखिममा

बागलुङ । सोमबार रातीदेखि परेको वर्षापछि मध्यपहाडी लोकमार्गअन्तर्गत रात्माटादेखि मूलपानी जानेतर्फको सडकदेखि खसेको पहिरोले बागलुङ नगरपालिका–३ को रुम्टामा आधा दर्जन घर जोखिममा परेका छन् । बानपा–३ स्थित लोकमार्गदेखि खसेको पहिरोले सिम्ले जाने सडक र रुम्टाका घरमा असर पारेको हो ।

मंगलबार राती खसेको पहिरोले घरमै बस्न जोखिम भएको बागलुङ नगरपालिकाका पूर्वप्रमुख जनकराज पौडेलले बताए । ‘पहिरो खसेपछि खरबारी बगेको छ, रुखहरू ढलेका छन्,’ उनले भने, ‘घरमा बस्नै जोखिम बनेको छ ।’ यहाँको खेतबारी पनि पुरिएको छ ।

पहिरोले ७ घरलाई प्रत्यक्ष रुपमा असर पारिसकेको उनले बताए । स्थानीय दीपेन्द्र कँडेलसहितका दुई घर–परिवार त्रासले बस्नै नसकेर रातीबाटै छिमेकीको घरमा आश्रय लिएर बस्न थालेपछि अन्य स्थानीय पनि डराएका छन् । नियमित माटो खस्ने, पानी परेपछि लेदो झर्ने भएर जोखिम बढेको हो । 

पहिरोले बागलुङ नगर खानेपानीको पाइपमा पनि असर परेको छ । पाइप फुटेर पानी बग्न थालेको खण्डमा पहिरो बढ्ने भएपछि स्थानीयले तत्काल पाइप व्यवस्थापन गर्न आग्रह गरेका छन् । बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पनि पाइपमा पानीको लाइन काटेर तत्काल मर्मतको काम थालेको संस्थाका कार्यवाहक अध्यक्ष हरिबहादुर जीसीले बताए ।

मर्मतको काम सकेर पानी वितरण नरोक्ने उनले बताए । पीडितले वडा कार्यालय र नगरपालिका तथा प्रहरीमा पनि जानकारी गराएका छन् । सबैको संयुक्त टोलीले पहिरो नियन्त्रण गरेर स्थानीयलाई जोखिमरहित रुपमा बस्ने बनाउन पहल गरेको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै