प्रिति बस्नेतको अभिनय सहित “आफू छ र संसार छ साँइली” डिजिटल बजारमा
खर्वाङ । बालकलाकार प्रिति बस्नेतको अभिनय सहित खेम सेन्चुरी र देवि घर्तिको स्वरमा नयाँ तिज गित “आफू छ र संसार छ साँइली” डिजिटल बजारमा सार्वजनिक भएको छ। मर्मस्पर्शी शब्द र उत्कृष्ट संगीत संयोजन रहेको गित ओवि रायमाझि युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।
नवराज पन्तको शब्द र खेम सेन्चुरीको संगित रहेको यो गितमा ओवि रायमाझि, अञ्जली अधिकारी र प्रिति बस्नेतको अभिनय रहेकोछ। जीवनको गहिरो दर्शन, भोगाइ र सामाजिक यथार्थलाई समेटिएको यो गितले आफ्नो अस्तित्व र खुसी जोगाउन प्रेरित गरेको छ। तीजका परम्परागत नृत्य गीतहरुभन्दा केही फरक धारमा तयार पारिएको यस गितको शब्द र भिडियोमा सन्देशमुलक, भावुक र अर्थपूर्ण सिर्जना देख्न सकिन्छ।

यसै विच त्रिभुवन नमुना मावि खर्वाङको सभाहलमा भएको गित सार्वजनिक कार्यक्रममा बक्ताहरुले गितको प्रशंसा गर्दै बालकलाकारको प्रस्तुतीलाई तारिफ गरेका थिए। कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रवक्त हरिहर सापकोटा, त्रिभुवन नमुना माविका प्रधानाध्यापक ढालमणि भण्डारी लगाएतले बोल्नुभएको थियो।
विभिन्न बालगितहरुमा अभिनय गर्दै आएकी प्रिति बस्नेतको तिजगितमा भने पहिलो अभिनय हो। बस्नेत त्रिभुवन नमुना माविको कक्षा ८ मा अध्ययनरत रहेकी छन्। सो गित सार्वजनिक कार्यक्रमको सहजिकरण शिक्षक तथा पत्रकार कमल पौडेलले गर्नुभएको थियो।


कमल पौडेल
प्रतिकृया दिनुहोस