• ९ असोज २०८३, शुक्रबार
  • ०४:०८:३८

Now:

Next: शुभारम्भ धुन

खाना खाएपछि नगर्नुहाेस यस्ता गल्ती

हाम्रो जीवनशैली यति अस्वस्थकर भएको छ कि हामीलाई खानेपिउने सही समय पनि थाहा छैन । राम्रो खानाले शरीरलाई ऊर्जा प्रदान दिन्छ । दिनभरिको थकान र भागदौडपछि रातिको खानाले हाम्रो शरीरलाई आवश्यक पोषण दिन्छ । त्यसैले, विज्ञहरूले हल्का र स्वस्थ खाना खाने सल्लाह दिन्छन् । 

तर खाना खाएलगत्तै केही अस्वस्थ बानीहरू अपनाइयो भने पौष्टिक खाना पनि हानिकारक साबित हुन सक्छ । खाना खाएपछि गरिने केही सामान्य गल्तीहरूले पाचन प्रणालीलाई असर गर्न सक्छ, जसले गर्दा एसिडिटी, पेट फुल्ने, तौल बढ्ने र निद्रामा समस्याहरू हुन सक्छन् । आज हामी खाना खाएपछि गर्नु नहुने केही गल्तीबारे कुराकानी गर्नेछौँ ।  

सुत्ने

धेरै मानिसहरू अबेर राति खाना खाने बित्तिकै ओछ्यानमा पल्टिन्छन् । यो बानीले पाचन प्रक्रियालाई ढिलो बनाउँछ र एसिड रिफ्लक्स, छातीमा जलन र अपच जस्ता समस्याहरू निम्त्याउन सक्छ । खाना खाने र सुत्ने बीच कम्तीमा २ देखि ३ घण्टाको अन्तराल छोड्नु राम्रो हुन्छ ।

चिया वा कफी पिउने

बेलुकाको खाना खाएपछि तुरुन्तै चिया वा कफी पिउनाले खानाबाट आइरन जस्ता पोषक तत्त्वहरूलाई असर गर्न सक्छ, किनकि त्यसमा रहेको क्याफिन र ट्यानिनले आइरन जस्ता पोषक तत्त्वहरूको अवशोषणलाई असर गर्न सक्छ। क्याफिनले निद्राको गुणस्तरलाई पनि बिगार्न सक्छ ।

भारी व्यायाम

केही मानिसहरू खाना खाएपछि तुरुन्तै कसरत गर्नाले क्यालोरीहरू छिटो जल्छ भन्ने विश्वास गर्छन्, तर यो उचित होइन । यसले पेट दुख्ने, ऐँठन र पाचनसम्बन्धी समस्याहरू निम्त्याउन सक्छ । तपाईँ टहल्न चाहनुहुन्छ भने १५ मिनेटको हल्का पैदल यात्रा गर्नुस् ।

धेरै गुलियो वा चिसो खाना

बेलुकाको खानापछि मिठाई, आइसक्रिम वा चिनीयुक्त पेय पदार्थ खाँदा शरीरमा बढी क्यालोरी र चिनी थपिन्छ । यसले रगतमा चिनीको मात्रा बढाउन सक्छ र तौल बढ्ने जोखिम हुन्छ ।

धूम्रपान वा मदिरा सेवन

खाना खाएपछि चुरोट वा मदिरा सेवन गर्नाले पाचन प्रणाली र कलेजोमा बढी तनाव हुन सक्छ । लामो समयसम्म यो बानीले ग्यास, एसिडिटी र अन्य धेरै गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ ।

बेलुकाको खाना खाएपछि के गर्ने त ?

खाएपछि हल्का पैदल यात्रा गर्नुपर्छ । खाना खाएको केही समयपछि थोरै पानी पिउनुहोस् । तर एकैचोटि धेरै पानी भने पिउनु हुँदैन । त्यसपछि, सुत्नुअघि आफ्नो शरीरलाई आराम गर्नुहोस् र स्क्रिन टाइम सीमित गर्नुहोस् । हरेक दिन एउटै समयमा खाना खाने बानी बनाउनुहोस् । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑