• २० बैशाख २०८१, बिहीबार
  • ११:५३:५९

Now: सिने संसार

Next: नेपाल खवर

कोदोको पिठो 'रागी पाउडर'

मानब शरिरलाई स्वस्थ र जिबन्त राख्न सन्तुलित आहारका साथ साथै शारीरिक ब्यायामको आबस्यकता पर्दछ । प्रबिधिको युगसंगै मानिसहरु ब्यस्त हुन थालेका छन । जसका बाबजुद शारीरिक ब्यायामको लागि फिटनेस सेन्टर त कतै बजारमा उपलब्ध उपायको प्रयोग गर्ने चलन छ ।

सहज रूपमा शरिरका सबै अंग अंगहरु स्वस्थ्य राख्नको लागि फिटनेस सेन्टर होइन कृषि पेशालाई अनुसरण गर्दै खेतबारीमा काम गर्यौ भने अत्यधिक फाइदा हुने सत्यतालाई नकार्न सकिँदैन । शहर बजार बसोबास गर्नेहरूको कुरै नगरौं गाउँ घरमा बसोबास गर्ने नागरिकहरु समेत त्यो सहजतालाई अनुसरण गर्ने संभावना न्यून छ । 

फलफुल, तरकारी, अन्न बाली उत्पादन गर्ने, उत्पादित खाद्यान्न ताजा फलफुल र तरकारिबाट हाम्रो शरिरलाई आबश्यक पर्ने खनिज, पौष्टिक, भिटामिन आदि इत्यादि तत्वहरु प्राप्त हुने गर्दछ । परिणामस्वरुप मानव जीबन स्वस्थ र दिर्घायु राख्न सकिन्छ । आजभोलि प्राय मानिसहरु आत्मनिर्भर नभै परर्निर्भर बन्दै गएको अवस्था छ ।

बजारमा उपलब्ध प्याकेजिङ्ग तथा लेबलिङ गरिएका र लामो समयसम्म फ्रीजमा राखिएका खाध्य बस्तुहरु मन पराउने संस्कार सामान्य भएको छ । त्यसैले मानव स्वास्थ्यमा अत्यन्तै गम्भीर चुनौती थपिएको छ ।

पौरखी किसानहरूले उत्पादन गरि घरमा बनाइएका हाइजेनिक /अर्गानिक र शुद्ध  खाद्य  परिकारहरु जस्तैः भुटेका मकै, भट्टमास, सातु, गेडागुडी, पिठो, रोटि, तरुल, सक्करखण्ड भन्दा चाउचाउ, पिजा, बर्गर, पास्ता जस्ता अनेकौ खानेकुरा मन पराउनेको संख्या बढ्दो छ ।

त्यसैगरी तयारी खाद्य बस्तुहरु बिस्कुट, चाउचाउ, भुजा, दालमोठ र कुर्कुरे ले बजार गर्माइएको छ । यहाँ पाठक बर्गहरुको सामु अर्गानिक र पौष्टिक आहारमा आधारित गरिबको खाना भनेर परिभाषित गरिएको खाद्यान्न कोदोको बारेमा केही जानकारी गराउने प्रयास गरेको छु ।

चामल/मकै र गहुँमा भन्दा क्यौ गुणा बढी क्याल्सियम/आइरन पाइने रुखो पाखा पखेरा र प्रतिकुल हावापानीमा उत्पादन हुने, लामो समयसम्म भण्डारण गर्न सकिने तथा रोग किरा नलाग्ने पौष्ठीक तत्वले भरिपुणर् अनाज कोदोलाई अङ्गग्रेजी भासामा मिलेट अथवा रागी भनिन्छ । कोदो पिधेर बनाइएको पिठो (पाउडर) लाई रागी पाउडर भनिन्छ ।

रागी पाउडरलाई प्रोटिन, भिटामिन, उर्जा र खनिजको श्रोतको रुपमा लिइन्छ । त्यसैले भारतले सन २०१८ लाई कोदो बर्स घोषणा गरेको थियो । नेपालको सन्दर्भमा पनि केही स्थानीय सरकारले आषाढ १६ लाई कोदो दिवशको रूपमा मनाउने गरेको पाइन्छ । 

यसरी दिनानु दिन कोदो बालीको महत्व बढदै गइरहेको अबस्थामा कोदो बर्ष घोषणा गरेर अथवा कोदो दिबस मनाउदैमा उक्त बालीको संरक्षण र प्रबर्द्धन हुन्छ भन्ने मान्यतामा सत्यता छैन ।

केही परम्परागत मौलिक रैथाने अन्न बालिहरु जस्तै कोदो, जौ, फापर, जुनेलो र भट्टमास उत्पादन गर्ने कृषकहरुको पहिचान र तथ्यांक संकलन गरि स्थानीय सरकारले पुरस्कृत गर्ने, हौसला दिने, अनुदान अथवा प्रोत्साहन भत्ता सहित उत्पादनमा जोडदिनु पर्दछ । 

सर्बसुलभ कृषि औजारको उपलब्धता, समयनुसार रसायनिक मल र बिउबिजनको ब्यबस्था मिलाइ उत्पादित खाद्य बस्तुहरु समेत खरिदबिक्रीको जिम्मा लिनुपर्ने हुन्छ । सबै पाठशालाहरुमा स्थानीय मौलिक खाद्यान्नको उत्पादन र भान्सामा प्रयोग, उक्त खाद्यान्न बाट प्राप्त श्रोतहरु तथा मानब स्वास्थमा प्रत्यक्ष प्रभाब सम्बन्धित बिषय पाठ्यक्रममा समाबेश गरि विद्यार्थीहरुलाई अध्यापन गराउनु पर्दछ । 

साथसाथै बिधालयमा खुवाइने दिवा खाजाको लागि स्थानीय उत्पादनको अनिवार्य प्रयोग गर्ने नितिगत प्रबन्ध हुनुपर्दछ । त्यसैगरी होटेल,रेस्टुराँ र पाँचतारे होटेलहरुमा बिदेशी पाहुनाहरुको लागि कोदोको परिकार खासगरी रोटि/ढिडो र सिस्नोको तरकारीले स्वागत गर्ने अभ्यासको थालनि हुनुपर्दछ । 

मानव स्वास्थमा अत्यन्तै महत्त्वपुर्ण भुमिका बहन गर्ने, खाद्य संकटको अभाव पुर्ती गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिय गुण भएको खानालाई आखिर किन हामीले दिन दुखि र गरिबको खाना भनी अपहेलना गरेका छौँ । गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।

गाउँघर/शहर बजारमा हुर्किएका नयाँ पुस्ताहरुले कोदाको पिठोबाट तयार गरिएको परिकार ‘ढिडो’ मन पराउदैनन । कहिकतै अभिभावकको जोडबलले खान बाध्य भएपनी ढिडोलाई चपाउने अथवा खान नजानेको बहाना गरेको पाइन्छ । आजभोलि शहर बजारका होटेल रेस्टुरेन्टहरुमा ढिडो खाने प्रचलन क्रमिक रुपमा बढिरहेको छ ।

ढिडो र सिस्नुको साग सबै होटेल रेस्टुराँमा खान पाइने ब्यबस्था मिलाउन सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण हुन आबस्यक छ । मौलिक परम्परा, संस्कार, भेषभुसा र बहुगुणी खाद्यान्नलाई संरक्षण गर्ने हाम्रो नैतिक जिम्मेवारी हो ।

आप्रबासी नेपालीहरुको उल्लेख्य संख्या भएको गल्फ मुलुकहरू साउदि, कतार, दुबई, कुबेत स्थित प्रतिष्ठित ब्यापारिक केन्द्रहरुमा विभिन्न ब्रान्डका कोदोको पिठो (Ragi powder) पाइन्छ । ती सबै पाउडर भारत र श्रीलंका बाट निर्यात भएको छ ।

प्रबासमा रहेका लाखौं नेपालीहरु भारत र श्रीलंका बाट आयातित कोदाको पिठो चर्को मुल्यामा खरिद गर्न बाध्य छौ । नेपाली उत्पादन र लोगो सहितको पिठो खरिद गर्न पाउने संकल्प गरिरहेका हुन्छौ । तर संभावना शुन्य छ । 

कोदो उत्पादनमा विशेष योजना सहित पिठो निर्यातका लागि सरकारले अध्ययन/अनुसन्धान र सम्भावनालाई गहिरिएर अध्यन गर्न आबश्यक देखिन्छ । कमसेकम स्थानीय उत्पादनमा जोड दिदै मनग्य उत्पादन गर्यौ भने निर्यात गर्न नसकेपनी भारतबाट हुने आयातलाई रोक्न सकिने छ । 

रागी पाउडर बाट तयार हुने परिकार नेपालीहरुले मात्रै होइन भारतिय र श्रीलंकन नागरिकहरु पनि खाने गर्छन । भारतका विभिन्न राज्यहरु जस्तैः कर्नाटक, केरला, आन्द्रप्रदेस, तेलङ्गाना र तामिलनाडुमा कोदाको पिठोबाट बनाइएको ढिडोलाइ गोलाकार  बल (डल्ला)बनाएर तरकारी, माछा, मासु  र अचार संग विभिन्न समारोहहरुमा होटेल रेस्टुरेन्ट तथा घरमा स्वादिष्ट भोजनको रूपमा खाने गरिन्छ । यस्लाई रागी मड्ड(Ragi mudd)भन्ने गरिन्छ।

त्यसैगरी गल्फ मुलुकमा संचालित नेपाली रेस्टुरेन्टहरुमा पनि ढिडोको लोकप्रियता दिन प्रती दिन बढिरहेको छ । धेरैजसो रेस्टुरेन्टमा ढिडो खान पाइन्छ । आप्रवासी नेपालीले आफ्नो घरबाट कर्मभुमी फर्किने क्रममा २/४ माना कोदाको पिठो झोलामा राखेर ल्याउने गर्दछन ।

भारतले कोदो खेतिबाट खाद्य संकटको अभाब पुर्ति गर्दै अन्य मुलुकहरूमा समेत पैठारी गरेको छ । बिडम्नबना कृषि प्रधान देश नेपालमा बर्सेनि लाखौं रुपैयाँ मूल्य बराबरको कोदो भारतका विभिन्न राज्यहरु देखि आयात भएको तथ्यांकले देखाउछ । आखिर किन दिनानुदिन परनिर्भर बन्दै गैरहेका छौ हामि ?

कृषि पेशालाई सस्थागत र अधिकत प्रबिधिको प्रयोग गरि आयआर्जन तथा व्यावसायिक बनाउने बिषयमा सरकारले ठोस कार्यक्रम ल्याउन असफल भएकै हो त ? सम्बन्धीत बिषयमा सबै तहका सरकार र बाली बिज्ञहरुको ध्यानाकर्षण होस ।

ब्याबसायिक कृषि प्रणाली, मौलिक/रैथाने अन्नबालीहरुको संरक्षण, उत्पादन र भान्सामा प्रयोग गर्ने बाताबरण बनोस । सबै नेपालीहरुको चुल्होमा स्वदेशमै उत्पादन गरिएको कोदोको रोटि/ढिडो पाक्ने र स्वादिष्ट भोजनको रुपमा ग्रहण अबसर बनोस । त्यसैगरी कोदो आयात गर्नुपर्ने आयातमुखी अर्थतन्त्रको अन्त्य होस ।


मुसिकोट नगरपालिका -१, अरेवा गुल्मीका गिरि अहिले कुवेतमा कार्यरत छन ।  

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै