• २३ माघ २०८१, बुधबार
  • १२:२९:५४

Now: माई च्वाईस

Next: थाहा अपडेट

भाषा संस्कृति बिना पहिचान नहुने सराेकारवालकाे जाेड

बागलुङ । अबको जातिय आन्दोलन संस्कार संस्कृतिको संरक्षणमा केन्द्रित हुनुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।

बिहीबार बागलुङ आयोजना गरिएको नेपाल मगर विद्यार्थी संघ बागलुङको १२ औं जिल्ला अधिवेसनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताले मगर विद्यार्थीहरु अधिकार प्राप्तीका लागि मात्रै नभई आफ्नो भाषा संस्कृतिको संरक्षणमा पनि लाग्नुपर्ने बताए ।

भाषा संस्कृतिको संरक्षण बिना पहिचान नरहने उनीहरुको भनाई थियो । ‘नेपालकै सम्पत्तीको रुपमा रहेको हाम्रो आफ्नै संस्कृति छ, आफ्नै भाषा छ, यसलाई जोगाउन सकिएन भने हाम्रो पहिचान पनि समाप्त हुन्छ,’उनीहरुले भने ।

कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष विष्णु आले मगरले मगर विद्यार्थीहरु हरेक क्षेत्रमा अब्बल हुनुपर्ने बताए । उनले भने,‘राजनीतिक सामाजिक क्षेत्रसंगै देशको कर्मचारीतन्त्रमा समेत हाम्रो बलियो उपस्थीति नभएसम्म हाम्रो अस्तित्व सधैं खतरामा हुन्छ ।’ 

हिजोका दिनमा राज्यले अबलम्बन गरेको विभेदकारी नीतिका कारण हराउँदै गएको भाषा संरक्षण गर्नु अब मगर समुदाय र युवा विद्यार्थीहरुको दायित्व रहेको उनको भनाई थियो । ‘अब त्यसमा हामीले राज्यलाई दोष दिएर मात्रै पुग्दैन, हाम्रो भाषा जोगाउन हामी आफै लाग्नुपर्नेछ ।’ उनले भने ।

गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई प्रदेश सरकारको कामकाजी भाषा बनाउने गरी विद्येयक ल्याउन लागेको भन्दै उनले यो समग्र समगर समुदायको लागि गौरवपूर्ण क्षण रहेको बताए । यसलाई कार्यान्वयनमा ल्याउन र प्रभावकारी बनाउनका लागि हाम्रै भूमिका महत्वपूर्ण रहन्छ । त्यसका लागि हामी सबै लाग्नुपर्छ ।

यस्तै नेपाल मगर संघ बागलुङका अध्यक्ष श्यामबहादुर पुनले मगर विद्यार्थीहरु जिम्मेवार ढंगले अगाडि बढ्नुपर्ने बताए । अधिवेसनले नयाँ नेतृत्व चयन गर्नेछ । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै