पोखरा बिमानस्थलबाट तत्काल अन्तराष्ट्रिय उडान हुन्छ –अधिकारी
खर्वाङ । नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पोखराबाट केही समयमै अन्तराष्ट्रिय उडान हुने बताएका छन । उनले चिन सरकारको लगानी र ऋण दुवैमा बनेको बिमानस्थल तत्काल सञ्चालनमा ल्याउनुको बिकल्प नरहेको बताए ।
पोखराबाट केही मिनेटमै मानसरोवर र कैलाश पर्वत जान सकिने भएकाले यो बिमानस्थलले चिनसँगको फरक सम्बन्ध जोड्ने बताए । प्रदेशभरका स्थलमार्गको स्तरोन्नती तिव्र गतिमा भईरहेको भन्दै अधिकारीले प्रकृति र संस्कृतिले धनी रहेको गण्डकी प्रदेश हवाई गतिविधिले थप चलायमान बन्ने बताए ।
गण्डकी प्रदेशकै स्रोत साधनको समुचित प्रयोगले प्रदेश समृद्ध बन्न सक्ने बताउँदै उत्कृष्ट सिप योजना र ज्ञान भएकाहरुलाई प्रदेश सरकारले सहयोग गर्ने बताए ।
रिटर्नी फेडेरेशन नेपाल बागलुङ जिल्लाको दोस्रो अधिवेशनका लागि बागलुङको खर्वाङ आएका अधिकारीले चिन र भारत दुबै संग सिमा जोडिएको गण्डकी प्रदेशमा नेपाल चिनाउने दर्जन बढी चिनारी रहेको बताए । उनले विदेशबाट ज्ञान र सिप संगालेर नेपाल आएका रिटर्नीहरुले त्यसको प्रयोग गरेर उद्यमी बन्नुपर्नेमा जोड दिए ।
आगामी आर्थिक वर्षको संघ सरकारको बजेटले देश विकासको केहि छनक दिने भन्दै उत्तरगंगा जलाशयुक्त जलविद्युत अयोजना, मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा बन्न बाँकी सडकसंगै पश्चिम बागलुङलाई प्राथमिक्तामा राखेर प्रदेशको बजेट आउने प्रतिबद्धता समेत व्यक्त गरे ।
साथै उनले उत्पादनमा आधारित अनुदान, कृषि उपजको बजारीकरणको जिम्मा पालिका र प्रदेश सरकारले लिने र किसानका उत्पादनलाई विमा गरिदिने देखि कृषि एम्बुलेन्स संचालन गरेर भएपनि उपज बिर्की गरिने बताए ।
फरक प्रसंगमा एमाले भित्र नेतृत्वको विवाद नरहेको बताउदै भ्रस्टहरुलाई कार्वार्ही हुनुप्रर्नेमा जोड दिए । अधिकारीले आफ्ना नेता हो भन्दैमा एमालेले कोहि भ्रस्टलाई नजोगाउने भन्दै सहकारी पिडितको बचत उनिहरुकै सम्पतीबाट फिर्ता हुनुप्रर्ने बताए ।
प्रतिकृया दिनुहोस