हाइसभित्र बेहोस भएका बडिगाडका बुद्धको ज्यान गयाे
गुल्मी । हाइसभित्रै बेहोस भएका एक यात्रुको उपचारको क्रममा मृत्यु भएको छ । बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडानम्बर– ५ निवासी ३६ वर्षीय बुद्ध परियारको मृत्यु भएको हो ।
बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको लु. १ ज २५१ नम्बरको हाइसमा सवार उनी गुल्मीको सत्यवती गाउँपालिकाको वडा नम्बर ७ चोरकाटे पुग्दा एक्कासी बेहोस भएका थिए । त्यसपछि उनलाई जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।
त्यहाँ उपचारको क्रममा उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी ) राजन भुजेलले जानकारी दिए । प्रहरीले हाइस चालक र सहचालकलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी भुजेलले बताए ।
लामाे समय बैदेशिक राेजगारीमा रहि हाल करिब २ महिना यता बडिगाड ५, खाैलारमा टेलरिङ्ग व्यवसाय चलाईरहेका बुद्धकाे निधन भएको हाे । अहिले पाेस्टमाटमकाे लागि उनकाे शव बुर्तिबाङ लगिएको पाैंदिटारी आधारभूत विद्यालयका शिक्षक बुद्ध परियारले जानकारी दिनुभएको छ ।
प्रतिकृया दिनुहोस