• १६ माघ २०८१, बुधबार
  • ०८:४५:५१

Now: कोरोना क्यापशुल

Next: नेपाल खवर

८ बर्ष परदेशको जागिरपछि कृर्षि कर्ममा रमाउदै सिसाखानीका फारम: सुन्तलाबाटै मनग्य आम्दानी गर्न सफल

सरकारले सहयोग नगरेकोमा गुनासो

बडिगाड : यतिबेला सुन्तलाको सिजन सकिनै लागेको छ । तर बडिगाड गाँउपालिका ३ सिसाखानीका ४६ वर्षिय फारम घर्ति मगरलाई भने अहिले पनि सुन्तला टिप्न र बेच्न भ्याईनभ्याई छ । बिहानै सबेरै देखि साँझ अबेर सम्म सुन्तला बारीमै अचेल फारम भेटिनु हुन्छ । उहाँको दैनिक बिहानी गाई बाख्रालाई घाममा स्याहार्ने अनि आफन्तजन र ब्यापारीहरुलाई सुन्तला टिपिदिने र बेच्ने यसै गरि ब्यतित भईरहेको छ । 

स्थानीय जातकै सुन्तला भएकाले सिसाखानीको सुन्तला स्वादिलो हुने र धेरैले सिसाखानीको सुन्तला रुचाएको समेत फारम बताउनुहुन्छ । उहाँको सुन्तला बारीमा करिब ४० वटा फल दिने सुन्तलाका बोट र ५० वटा हुर्कदै गरेको सुन्तलाको बिरुवाहरु छन ।   सुन्तला घरबाटै बेचेर घरखर्च चलेको र धेरै थोरै रकम बचत गर्न सकिएको भन्दै सुन्तला बिक्री गरेरै उहाँले बार्षिक एक लाख रुपैयाँ आम्दानी गर्न सकेको बताउनु हुन्छ । “पहिले पहिले गाँउमा बाटो पुगेको थिएन । त्यो समायमा सुन्तला बिक्री गर्न केहि समय लाग्थ्यो घर्तिले भन्नुभयो । अचेल त घर नजिकै बाटो छ । व्यापारि घरमै सुन्तला किन्न आईपुग्छन । आम्दानि पनि राम्रो ।”

सिसाखानीको सुन्तला बिशेषगरि सिसाखानी गाउँ सँगै गल्कोट नगरपालिकाको रिघा, पाण्डबखानी, बडिगाडको जल्जला, रणसिङकिटेनी, खर्वाङ, हाडीखोला साथै गुल्मी मुसिकोटको पल्टार र वामीटक्सार बजारमा राम्रो खपत हुने गरेको छ । आफन्तजनहरु र इष्टमित्रहरुलाई सुन्तला कोशेली लगिदिने चलन अझै रहेको भन्दै घर्तिले भन्नुभयो “पहिले त सुन्तलाको बोटमै पुगेर सुन्तला टिपेर कोसेली लाने गर्थे अचेल भने मलाई यति केजि सुन्तला टिपेर राखिदिनु लिन आँउन्छु भनेर व्यापारी र आफ्न्त घरमै आउने गरेका छन ।” 
तर यो बर्ष समयमै आकाशबाट पानी नपर्दा अघिल्ला २ बर्षमा भन्दा यो बर्ष अलिक कम सुन्तला फलेको बताउनुभयो ।

४६ बर्षिय फारमले यो भन्दा अगाडीका ८ बर्ष साउदीमा रोजगारको लागि बिताउनुभयो । विदेशमा गर्ने परिश्रम नेपालमै गर्न सके स्वदेशमै राम्रो आम्दानी हुने बताउदै फारम थप्नुहुन्छ । “परदेशमा अर्काको काम गर्न गाह्रो छ, आफ्नो देश जस्तो परदेशमा हुदैन, त्यहाँ गएर पनि रुखमा पैसा फल्ने होईन, बरु स्वदेशमै लगानी गरौ । अहिले धेरै युवाहरु बिदेशीयको खवर रेडियोमा सुन्दा दुख लाग्छ बरु परदेशमा भएका युवा साथीहरु पनि आफ्नो देश फर्किएर यही माटोमा पसिना बगाउनु पर्छ । ” 

सुन्तला बगौचासंगै मगरले बोका तथा बाख्रा पालन समेत गर्दै आउनुभएको छ ।  उहाँको खोरमा अहिले झन्डै ४० बढि बोका तथा बाख्राहरु छन । स्थानीय व्यापारीहरु घरमै आएर खरिद गरिदिने भएकाले उहाँलाई बजारको भने कुनै चिन्ता छैन । बरु माग धान्नै धौरधौ भएको बताउनु हुन्छ । “सुन्तलाको सिजन अव अन्तिम तिर आईसक्यो अब फेरी म बाख्रा तथा बोकाहरुको स्याहार सुुसारमै व्यस्त हुन्छु फारमले हास्दै भन्नुभयो,  परिवारसँगै रहेर स्वादेशमै पसिना बगाउन पाउदा खुशी लाग्छ । र परिवारसंग काम गर्दा रमाईलो पनि हुन्छ ।”  

मगरको कर्मलाई अहिले उहाँको श्रीमती र आमा र छाराले पनि सघाईरहनुभएको छ । अहिले सम्म गरेका सबै काम आफ्नै पहलमा शूरु गरेको बताउनुहुदै मगरले सरकारले अनुदान  दिन्छ भन्ने कुरा रेडियो समाचारमा सुने पनि आफुले अहिले सम्म नपाएको सुनाउनुभयो । फारम भन्नुहुन्छ “सरकारले स्वदेशमै कर्म गर्नेलाई प्रोत्साहन गर्ने गरेको रेडियो समाचारमा सुन्छु तर मलाई अहिले सम्म सरकारी तवरबाट खासै सहयोग भएको छैन, प्रोत्साहन स्वरुप सरकाले अनुदान दिएमा आफुजस्ता कृषकहरुलाई हौसला मिल्नुका साथै किशानहरुले लगानी पनि बढाउने थिए गुनासो उहाँको सुनाउनुभयो । 

यता बडिगाड ३ सिसाखानीका वडाध्यक्ष खड्क बहादुर पुन मगरले सिसाखानीको साबिक वडा १, ३, ५ र ६ वडामा सुन्तला निकै राम्रो फल्ने र हरेक घरमा २/४ वटा सुन्तलाको वोट भएपनि ब्यावसायिक रुपमा सुन्तला खेती गर्ने किसान कम रहेको बताउनुभयो । “बडिगाडको अन्य वडामा खासै सुन्तला फल्दैन सिसाखानीको मात्र सुन्तलाले बजारको माग धन्न मुस्किल छ । वडाध्यक्ष पुनले भन्नुभयो बजारको माग धान्न र वडामा रहेका सुन्तला किसानलाईपनि व्यवसायिक बनाउन हामीले वडाबाट केहि योजना बनाएका छौ । पालिकाको कृर्षि शाखा र वडाबाट सुन्तला किसानको लागि आगामी कार्यक्रममा  बिशेष प्राथमिकता दिने गरि काम गर्छौ । साथै अब छिटै कृषकहरुको समुह बनाएर सबै किशानहरुलाई एकृकित गर्दै ब्याबसायिक उत्पादनको लागि प्रोत्साहन गर्ने बताउनुभयो । वडाध्यक्ष पुनले सिसाखानीका नागरीकहरुलाई सुन्तला खेतिसँग जोड्न सके पनि यहाँका नागरीकहरुले राम्रै आम्दानी गर्न सक्ने सुनाउनुभयो ।

उता बडिगाड गाँउपालिकाको कृषि शाखा प्रमखु ईश्वर ओलीले बडिगाडमा वार्षिक सुन्तला कति उत्पादन हुन्छ भने तथ्याङक नभएपनि अनुमानित ८ हजार सुन्तलाको बोट रहेको बताउनुभयो । साथै उहाँले केहि दिन अघि मात्र केहि सुन्तला कृषकहरुलाई काट् छाट तथा सिचाई सम्बन्धी तालिम दिएको भन्दै आगामी दिनमा पनि  कृषकहरुलाई तालिमसंगै बजाकारीकरणको लागि पनि पालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै