• १४ माघ २०८१, सोमबार
  • २२:५२:०३

Now: खुलदुली डटकम

Next:

सप्तरङ्गीको १५औं वार्षिक साधारणसभा तथा ५औं अधिवेशन सम्पन्न

पाण्डबखानी । गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा तथा ५औं अधिवेशन सम्पन्न भएको छ ।

सभामा गलकोट नगरपालिका १० का वडा अध्यक्ष भक्तबहादुर काउचाले केहि सहकारीले बदमासी गरेपनि गाउँघरका सहकारी प्रति कुनै संङ्खा उपसंङ्खा नगरेर दुक्क भएर बचत गर्न बचतकर्तालाइ आग्रह गर्नु भएको थियाे ।

१ करोड २६ लाख ६७ हजार संस्थाको सेयर पुजी रहेको संस्थामा ८९ लाख ८५ हजार ८ सय आम्दानी १९ लाख ५५ हजार ६ सय मुनाफा गरेको सहकारीमा ४०८ शेयर सदस्य संगै बाल बचत, दैनिक बचत, मासिक बचत, र वार्षिक बचत गरि २ हजार माथि बचतकर्ता रहेको प्रबन्धक दिप घर्तिले जानकारी गराउनु भयो । 

सहकारीका उपाध्यक्ष ङङ्ग काउचाको अध्यक्षता रहेको साधारणसभामा प्रबन्धक घर्तिद्धारा प्रगति प्रतिवेदन तथा लेखा संयोजक लालप्रसाद पुनले लेखा प्रतिवेदन पेस गर्नु भएको थियो । 

२०६६ फागुन २३ गते दर्ता भैइ बडिगाड गाउँपालिकाको रणसिहकिटेनी, सिसाखानी, गलकोट नगरपालिकाको मल्म, रिघा र पाण्डबखानीलाइ कार्य क्षेत्र बनाएर सहकारीले कार्य गरिरहेको छ । कार्यक्रमको अवसरमा असल ऋणि सम्मान, उत्कृष्ट बतच दर्ता, सुत्केरी भत्ता समेत गरिएको थियो । 

यसैविच सोहि अबसरमा सहकारीको नयाँ कार्य समिति समेत गठन गरिएको छ । गठित समितिको अध्यक्षमा लालप्रसाद पुन, उपाध्यक्षमा खिम काउचा, सचिवमा रामु शाही, सह-सचिवमा सुरेश पुन (छन्त्याल), कोषाध्यक्षमा राजकुमारी पुन सहित ६ सदस्य रहने गरी ११ सदस्य कार्यसमिति चयन भएको सहकारीले जनाएको छ । 

त्यस्तै गिरि प्रसाद घर्तिको संयोजक तथा धना छन्त्याल र राधिका श्रीस सदस्य रहने गरि लेखा समिति समेत गठन गरिएको छ । सहकारीका प्रबन्धक दिप घर्तिको स्वागत तथा सचिव खिम काउचाको संचालन रहेको थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै