विज्ञले गरे शताब्दम् महाशक्ति (लघुकथा महासङ्ग्रह)को परिचर्चा
बागलुङ । डा. विदुर चालिसेद्धारा लिखित शताब्दम् महाशक्ति (लघुकथा महासङ्ग्रह) को भर्चुअल परिचर्चा गरिएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको लघुकथा साहित्यिक महोत्सव २०८१ अवसरमा शताब्दम् महाशक्ति सहित २६ पुस्तकको एक साथ सार्वजनिक गरिएको थियो ।
महोत्सवको अबसरमा सार्वजनिक गरिएका पुस्तकको परिचर्चा गर्ने मञ्चको योजना महाशक्तिको परिचर्चासंगै शुरु गरिएको मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी (कृष्णजी शर्मा)ले बताए ।
विसं. २०४५ सालबाट कृर्तिलेखन थालेका लेखक चालिसेले एकवर्ष भित्र लेखेका ३६५ लघुकथालाई बाह्र अवधीमा महाशक्तिमा समावेश गरेका छन । अल्फलैला लोककथा तथा एक हजार एक रात लघुकथा संग समेत महाशक्तिलाई तुलना गरिएको छ ।
आज गरिएको परिचर्चामा विषय विज्ञ त्रिभुवन विश्वविद्यालयका प्रा. डा. दयाराम श्रेष्ठ, प्रा.डा. कपिल लामिछाने, डा.शंकरप्रसाद गैरे, गोपाल अश्क लगाएतका साहित्यकारहरुले सहभागिता रहेको थियो ।
शताब्दम् महाशक्तिमा समावेश गरिएका लघुकथा समसामाहिक विषमा केन्द्रित रहेको बताउदै विज्ञले महत्वकांक्षी नभई आफ्ना रचना, खोज र परिकल्पानामा लेखक केन्द्रित भएमात्रै कृर्ति सफल हुने तर्क राखेका थिए ।
उनिहरुले पछिल्लो समय पाठकले लामा र धेरै कृर्ति पढ्न छोडेकोले लघुकथा पाठकको रुचिको विषय बनेको भन्दै निकट भविष्यमा लघुकथाले आफ्नो छुट्टै स्थान राख्ने विश्वास व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस