गुल्मीकाे १२ स्थानीय तहमध्ये मुसिकोट नगरपालिकामा सबैभन्दा धेरै गरिब

गुल्मी । जिल्लामा गरिब परिचयपत्र वितरण सुरु भएको छ । जिल्लामा अति गरिब परिवार एक हजार ९३३, मध्यम गरिब परिवार दुई हजार ६१० र सामान्य गरिब परिवार दुई हजार ५५९ गरेर सात हजार १०२ परिवार रहेका छन् ।
अहिले जिल्लामा गरिब परिवारलाई सरकारले सुविधा परिचय–पत्र वितरण अभियान सुरु गरिएको छ । जिल्लामा इस्मा गाउँपालिकामा अति गरिब एक सय ११, मध्यम गरिब दुई सय ५० र सामान्य गरिब परिवार दुई सय ५९ रहेका छन् ।
कालिगण्डकीमामा अति गरिब परिवार चार सय ५३, मध्यम गरिब ७७ र सामान्य गरिब एक सय एक परिवार छन् । गुल्मी दरबारमा अति गरिब ८७, मध्यम गरिब एक सय ४१, सामान्य गरिब एक सय ८३ परिवार रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।
त्यस्तै, चन्द्रकोटमा अति गरिब ५१, मध्यम गरिब एक सय २२ र सामान्य गरिब एक सय ६५ परिवार रहेका छन् । छत्रकोटमा अति गरिब परिवार १८, मध्यम गरिव ४६ र सामान्य गरिब ५८ परिवार रहेका छन् ।
धुर्कोटमा अति गरिब परिवार ४५, मध्यम गरिब एक सय सात र सामान्य गरिब एक सय ३७ रहेका छन् । मदाने गाउँपालिकामा अति गरिब परिवार एक सय १३, मध्यम गरिब तीन सय ४१ र सामान्य गरिब तीन ३३ परिवार रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका शाखा अधिकृत शोभा घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार मालिकामा अति गरिब एक सय १४, मध्यम गरिब दुई सय ८० र सामान्य गरिब दुई सय ८२ परिवार रहेका छन् ।
जिल्लाका १२ स्थानीय तहमध्ये मुसिकोट नगरपालिकामा सबैभन्दा धेरै छ सय ४२ अति गरिब, सात सय ७२ मध्यम गरिब र पाँच सय सामान्य गरिब परिवार रहेका छन् । रुरु क्षेत्र गाउँपालिकामा अति गरिब १४, मध्यम गरिब ५२ र सामान्य गरिव ६९ परिवार छन् ।
रेसुङ्गा नगरपालिकामा दुई सय ३२ अति गरिब, दुई सय ९१ मध्यम गरिब र दुई सय ५७ सामान्य परिवार रहेका छन् । त्यस्तै, सत्यवति गाउँपालिकामा अति गरिब ४५, मध्यम गरिब एक सय ३१ र सामान्य गरिब दुई सय तीन परिवार रहेका छन् ।
जिल्लामा ५२ हजार २६० गैर बिपन्न परिवार रहेका छन् । गुल्मीदरबार, सत्यवति र रुरुक्षेत्र गाउँपालिकाले परिचयपत्र विवरण अभियान सुरु गरेका छन् । एक महिनाभित्र सबै पालिकाले परिचयपत्र वितरण गर्ने गरेर योजना बनाइएको छ ।
अब गरिब परिचयपत्रकै आधारमा योजनाहरू निर्माण गरिने रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो । उहाँले वडाहरूमा परिचयपत्र वितरण गर्दा केही वास्तविक व्यक्तिहरू छुटेको महसुस भएको बताउनुभयो । “केहि परिचयपत्र पाउनै पर्ने मान्छे छुटेको महसुस भयो । सूचना व्यापक गर्दा पनि केही परिवार आबद्ध पनि भएनन्” उहाँले भन्नुभयो, “प्राप्त सूचीकै आधारमा योजनाहरू निर्माण गर्छौ ।”
प्रतिकृया दिनुहोस