• १३ बैशाख २०८२, शनिबार
  • १५:५८:२८

Now: लोकछहारी

Next: थाहा अपडेट

बडिगाड २ पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

खर्वाङ । बडिगाड गाँउपालिकाको वडा नं. २ खर्वाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ ।

स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप वडा हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ आज वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको आधारभुत स्वास्थ्य सेवा केन्द्र खर्वाङका प्रमुख पप्पु कुमार शाहाले जानकारी दिए ।

वडाका १६ महिनादेखि २३ महिनाका सबै बालबालिकालाई सबै प्रकारका खोप लगाएपछि वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । वडामा ती उमेर समूहका बालबालिकाको सर्वेक्षण गरी पूर्ण खोप घोषणा गरेको शाहाले जानकारी दिए ।

घोषणा कार्यक्रममा वडाध्यक्ष ढालप्रसाद शेरचनले खोपलाई प्रभावकारी बनाउन र बालबालिकालाई खोपबाट वञ्चित हुन नदिन सबैले हातेमालोे गर्नुपर्ने बताए  ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै