• १३ बैशाख २०८२, शनिबार
  • १५:५८:२८

Now: लोकछहारी

Next: थाहा अपडेट

२७ महिनापछि गङ्गादेवी शेरचनको हत्यामा संलग्नलाई जन्मकैदको फैसला

खर्वाङ । गङ्गादेवी शेरचनको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला भएको छ । शेरचनको हत्या भएको २७ महिनापछि बैशाख ८ गते जिल्ला अदालत गुल्मीका न्यायाधीश युवराज गौतमको इजलासले तीन जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

धुलिखेल नगरपालिका–७, काभ्रेका शिवबहादुर तामाङ, बडिगाड गाउँपालिका–७, असारे माझखर्क घर भई गलकोट नगरपालिका–१ दुदिलाभाटि बस्ने थमनबहादुर घर्ती, मकवानपुर घर भई चन्द्रागिरि नगरपालिका–१०, काठमाडौँ बस्ने लोकबहादुर दर्लामीलाई जन्मकैदको फैसला गरेको जिल्ला अदालत गुल्मीका स्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए । 

त्यस्तै डाँकाचोरी मुद्दामा तीनै जनालाई १०÷१० वर्ष कैद र एक÷एक लाख जरिबानाको फैसला समेत भएको छ । उनले कसुर गर्ने तीन जनाबाट मृतकको जाहेरवालालाई एक÷एक लाख क्षतिपूर्ति भराउने फैसला पनि भएको बताए । 

बागलुङ बडिगाड गाउँपालिका–२ स्थायी घर भई गुल्मीको मुसिकोट नगरपालिका–७, वामीटक्सार नजिकै न्वारामा ३० वर्षदेखि होटेल सञ्चालन गर्दै आएकी ५८ वर्षीय शेरचन २०७९ साल माघ १५ गते मृत फेला परेकि थिईन् ।

शेरचन आफ्नै घरभित्र हातखुट्टा र मुखमा टेप बाँधिएको अवस्थामा मृत फेला परेपछि हत्यामा संलग्नलाई पत्ता लगाउन प्रहरीले ठुलो चुनौती खेप्नु परेको थियो । 

अनुसन्धानकै क्रममा हत्यामा संलग्न धुलिखेल नगरपालिका–७, काभ्रेका शिवबहादुर तामाङलाई २०७९ चैत २८, बडिगाड गाउँपालिका–७, असारे माझखर्कका थमनबहादुर घर्तीलाई २०७९ फागुन २२ र मकवानपुर घर भई चन्द्रागिरि नगरपालिका–१०, काठमाडौँ बस्ने लोकबहादुर दर्लामीलाई २०७९ फागुन २३ गते प्रहरीले पक्राउ गरेको थियो । 

सोही घटनामा संलग्न सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ का ३९ वर्षीय बुद्धिमान तामाङलाई प्रहरीले दुई वर्षपछि २०८१ फागुन २७ गते काठमाडौँबाट पक्राउ गरेको छ । तामाङका अरू धेरै मुद्दा भएकाले जिल्ला नआइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए । 

याे पनि

 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै