बैदेशिक रोजगारीले गाउ शहर रित्तिदै जान थाल्यो राष्ट्रीय सभा सदस्य सापकोटा
वामीटक्सार । राष्ट्रीय सभा सदस्य विष्णु कुमारी सापकोटाले पछिल्लो समय बैदेशिक रोजगारीले गाउ शहर रित्तिदै जान थालेकोप्रति चिन्ता ब्यक्त गर्नुभएको छ । वामी विश्व सम्पर्क मन्च, मूल समितिको तेश्रो अधिवेशनका अबसरमा उहाँले बैदेशिक रोजगारीमा गएकाहरुलाई स्वदेश फर्केर आफ्नो सीप र क्षमता प्रदर्शन गर्न आग्रह गर्नुभयो ।
मन्चले स्थापना कालदेखि नै सामाजिक कार्यमा कृयाशिल भएर शिक्षा, स्वास्थ्य, प्राकृतिक बिपत्ति, बिपन्न तथा असहाय ब्याक्तिको लागि अनुकरणीय कार्य गर्दै आइरहेको भन्दै सापकोटाले गाउघरमा मुल्य नपाएका कोदो, सिस्नु, गाजा आदिलाइ नियमसङ्गत आम्दानीको श्रोतको रुपमा विकाश गर्नुपर्ने कुरामा आफूले सदनमा निरन्तर आवाज उठाउदै आएको कुरा स्मरण गराउनुभयो ।
यसैविच वामी विश्व सम्पर्क मन्च, मूल समितिको तेश्रो अधिवेशनले नया कार्यसमितिको रुपमा डिलाराम खरेल अध्यक्ष सहित नया कार्य समिति निर्बिरोध निर्बाचित गरेको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा महेश्वर घिमिरे, कृष्ण मुरारी सापकोटा उपाध्यक्ष, कल्पना घिमिरे महिला उपाध्यक्ष, रामचन्द्र सापकोटा महासचिव, सुमित्रा भण्डारी सचिव, कमल प्रसाद खराल अर्थ सचिव, राम बहादुर बोहोरा, गोबिन्द सापकोटा, फन बहादुर रायमाझी, जनक बहादुर थापा र अनुप लाखे रहनुभएको छ ।
अधिवेशनको खुल्ला सत्रमा मुसिकोट नगरपालिका वडानम्बर ७ का वडाध्यक्ष हरिहर सापकोटा, शिक्षक महासङ्घ मुसिकोटका अध्यक्ष तथा महेन्द्र आदर्श नमुना माविका प्रधानाध्यापक देविराम शर्मा, समितिका पुर्व अध्यक्ष ज्ञानहरी सापकोटा लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
सम्पर्क मन्च नौमति सास्कृतिक समितिका कोषाध्यक्ष महेश्वर घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रमको अध्यक्षता सस्थाका कार्यवाहक अध्यक्ष डिलाराम खरेलको रहेको कार्यक्रमको सन्चालन सचिव रामचन्द्र सापकोटाले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस