• १४ माघ २०८१, सोमबार
  • २२:३६:१९

Now: खुलदुली डटकम

Next:

मुसिकोटका २९ विद्यालयमा माघ २२ गतेदेखि एचपिभी खोप अभियान

वामीटक्सार । गुल्मीको मुसिकोट नगरपालिकाका २९ विद्यालयमा एचपिभी खोप अभियान संचालन गरिने भएको छ । पालिका खोप समन्वय समिति, पत्रकार तथा सरोकारवालको अभिमुखिकरण कार्यक्रममा आज पालिकाले उक्त जानकारी दिएको हो ।

माघ २२ गते देखि २५ गतेसम्म मुसिकोट नगरपालिकाका २९ माध्यमिक विद्यालयमा खोप अभियान संचालन हुने पालिकाका जनस्वास्थ्य निरिक्षक पुष्कर गौतमले जानकारी दिए ।

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानमा मुसिकोटका सरकारी तथा निजि विद्यालका कक्षा ६–१० सम्मका छात्रा विद्यार्थी तथा विद्यालयका बाहिरका १० वर्ष देखि १४ वर्षसम्मका बालिका समावेश गरिने उनले बताए ।

एचपिभी खोप अभियानको जानकारी गराउदै गौतमले मुसिकोट नगरपालिकाका विद्यालयमा अध्ययनरत एक हजार दुई सय ११ विद्यार्थी र विद्यालय बाहिरका १५ जना बालिका गरि कुल एक हजार दुई सय २६ जनालाई खोप दिईने जानकारी गराए ।

औषतमा हरेक दिन नेपालमा चार जनाको क्यान्सरबाट ज्यान गईरहेको जानकारी गराउदै उनले सम्भावित जोखिम कम गर्न पालिकाले समय समयमा वडागत रुपमै VIA विधीबाट महिलाको पाठेघरको क्यान्सर परिक्षण गर्दै आएको समेत बताए ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख जिवन खरेल, उपप्रमुख गंगा श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीले भ्रम र अन्धविश्वारमा नलागि सबैलाई खोप अभियानमा सहभागि हुन आग्रह गर्दै खोपको प्रभावकारीताको विषयमा स्वास्थयकर्मी र संचारक्रर्मीले सचेतना फैलाउनु प्रर्नेमा जोड दिए ।

पालिकाका जनस्वास्थ्य अधिकृत ढाल बहादुर जिसीको स्वागत रहेको कार्यक्रममा क्षयरोग मुक्त नेपाल अभियानका संयोजक विनय विनय ज्ञवालीको संचालन रहेको थियो । विद्यालयमा खोप लगाउन छुटेकाहरुले माघ २५ गतेसम्म सम्बन्धित वडाको स्वास्थ्य संस्थामा गएर पनि लगाउन सकिने नगरपालिकाले जनाएको छ ।

यसैविच सोहि असरमा जनस्वास्थ्य निरिक्षक पुष्कर गौतमले ७२ औं विश्व कुष्ठरोग दिवसका अबसरमा कुष्ठरोगका बारेमा जानकारी समेत दिएका थिए ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै