नेपाल राष्ट्रिय शिक्षक संगठन बडिगाडको अध्यक्षमा कंडेल
खर्वाङ । नेपाल राष्ट्रिय शिक्षक संगठन बडिगाड गाँउपालिकाको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुर्णपति कंडेल सर्वसहमत चयन भएका छन । आज खर्वाङमा सम्पन्न अधिवेशनले अध्यक्षमा कंडेल सहित २७ सदस्यीय समिति चयन भएको निर्वाचन संयोजक कृष्ण भट्टाराईले जानकारी दिए ।
समितिको उपाध्यक्षमा यज्ञदत्त घिमिरे, महिला उपाध्यक्षमा तुलसी बुढा, सचिवमा बुद्धिबल चालिसे, सह– सचिवमा सरिता राना भुजेल, कोषाध्यक्षमा होम बहादुर घर्ति, सह–कोषाध्यक्षमा मिनु घर्ति लगाएत रहेका छन ।
अधिवेनको अबसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश सदस्य खिमानन्द आचार्यले विभिन्न बाहानामा शिक्षकलाई टुक्राउने काम भएको बताए । उनले अध्यादेश मार्फत शिक्षकको हक अधिकार खोस्ने काम भएको बताउदै यो या त्यो बाहानामा शिक्षकमाथिको हस्तक्षेप मान्य नहुने पनि बताए ।
यस्तै नेकपा एमाले बागलुङका उपाध्यक्ष विष्णु प्रसाद भुसालले युवाको रुपमा गाँउघरमा अहिले शिक्षक मात्रै भएको भन्दै अध्यापन संगै सामाजिक कार्यमा समेत शिक्षक पुर्ण रुपमा लाग्नु प्रर्ने अबस्था आएको बताए ।
सो अबसरमा संगठनका पुर्व अध्यक्ष वेद प्रसाद पोखरेल, नेपाल राष्ट्रिय शिक्षक संगठन गलकोट नगर कमिटि अध्यक्ष राम बहादुर खत्री, बडिगाड २ का वडाध्यक्ष ढाल प्रसाद शेरचन, वडा नं. ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्य, संगठनका जिल्ला सचिव कृष्ण भट्टाराई, नेकपा एमाले बडिगाडका अध्यक्ष कमलराज आचार्यले शिक्षा नितिमार्फत संघ सरकार र शिक्षक दरवन्दीका विषयमा स्थानिय सरकारले शिक्षकलाई सास्ती मात्रै दिने काम भएको बताएका थिए ।
शैक्षिक जिवनबाट निवृत भएका संगठनका सदस्य झविलाल घिमिरे, दिल बहादुर थापा र प्रेमलाल खरेललाई सम्मान समेत गररिएको सो अबसरमा संगठनिक प्रतिवेदन सचिव यज्ञदत्त घिमिरे र आर्थिक प्रतिवेदन कोषाध्यक्ष झम शेरपुजाले प्रस्तुत गरेका थिए ।
संगठनका निवर्तमान उपाध्यक्ष पुर्णपति कंडेलको स्वागत बाट शुरु भएको कार्यक्रममा अध्यक्ष ढालमणि भण्डारीको अध्यक्षता तथा सचिव घिमिरेको संचालन रहेको थियो ।
प्रतिकृया दिनुहोस