• २३ माघ २०८१, बुधबार
  • १२:४६:४८

Now: माई च्वाईस

Next: थाहा अपडेट

गुल्मीको मालिका गाउँपालिकामा दैनिक अढाई घण्टामात्रै मदिरा बिक्री गर्न पाइने

गुल्मी । जिल्लाको मालिका गाउँपालिकाले दैनिक अढाई घण्टा मात्रै मदिरा बिक्री वितरण गर्न पाइने निर्णय गरेको छ। समाजमा विभिन्न अपराधजन्य घटनाहरु बढ्दै गएकोले मदिरा बिक्री वितरण गर्ने समय तोकेको गाउँपालिकाले जनाएको छ। 

अब दैनिक रुपमा साँझ ५ः३० देखि ८ बजेसम्म मात्रै मदिरा बिक्री गर्न पाइने गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले जानकारी दिए । उक्त समयमा पनि नाबालक, दीर्घरोगी र महिलाहरुलाई बिक्री गर्न पाइने छैन ।

यदि यो नियमभन्दा विपरित रहेर तोकिएको समयभन्दा अन्य समयमा मदिरा बिक्री वितरण गरेमा पहिलो पटकमा पाँच हजार जरिवाना गरिने पालिकाले निर्णय गरेको छ । अनुगमनको लागि पालिकाले प्रहरीलाई खटाउने र जरिवानाबाट प्राप्त भएको रकमको २५ प्रतिशत रकम प्रहरीको सवारी साधन मर्मतमा खर्च हुनेछ ।

साथै गाउँपालिकाले प्लास्टिक बोतमा बिक्री गर्दै आएको लोकल मदिरा पूर्ण रुपमा बिक्री वितरणमा रोक लगाउने पनि निर्णय गरेको छ । यस्तो मदिरा हटाउन पालिकाले व्यवसायिहरुलाई सात दिनको समय दिएको छ ।

मालिका गाउँपालिकाको वडा नम्बर ८ मा मदिरा सेवनकै कारण विगत एक हप्ताको बीचमा दुई जनाको ज्यान गएको थियो । मादक पदार्थको सेवनका कारण समाजमा पारिवारिक बेमेल, झगडा, हत्या जस्ता घटना बढ्दै गएकोले त्यसलाई न्यूनिकरण गर्नको लागि पालिकाले विभिन्न निर्णयहरु गरेको उपाध्यक्ष अर्यालले बताए । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै