• २३ माघ २०८१, बुधबार
  • १२:३४:३८

Now: माई च्वाईस

Next: थाहा अपडेट

सहरमा बसेका नागरिकलाई लक्ष्य गरी मुसिकाेट नगरपालिकाकाे ‘गाउँ फर्की आऊ’ कार्यक्रम

वामीटक्सार । पछिल्लो समयमा गाउँबाट सहरमा बसाइँ सर्नेको सङ्ख्या वृद्धि भइरहेका बेला यहाँको एक स्थानीय तहले ‘गाउँ फर्की आऊ’ अभियान सञ्चालन गरेको छ । गुल्मीको मुसीकोट नगरपालिकाले गाउँमा स्थायी घर भई सहरमा बसेका नागरिकलाई लक्ष्य गरी ‘गाउँ फर्की आऊ’ कार्यक्रम सञ्चालन गरेको जनाएको छ  । 

पालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार यो कार्यक्रमलाई प्राथमिकतासाथ अगाडि सारिएको नगरप्रमुख जीवन खरेलले जानकारी दिनुभयो । बसाइँसराइको दर रोक्न र यहाँबाट बसाइँ सरी गएकालाई गाउँमै फर्काई उत्पादनमा जोड्न यस्तो कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो । स्थानीय सरकार साथमा रहेको अनुभूति दिन आफूहरूले यो कार्यक्रम ल्याएको खरेलको दाबी छ ।

स्थानीय सरकारले उत्पादनलाई प्राथमिकता दिएको बताउँदै व्यावसायिक कृषि, पशुपालन, होटेललगायतका व्यवसाय गर्नेका लागि प्रोत्साहनका कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ ।

यस कार्यक्रममा सहभागी हुन बसाइँ सरी आएको कम्तीमा छ महिना हुनुपर्ने, बसाइँसराइ प्रमाणपत्रको प्रतिलिपि, कृषि, पशुपालन, उद्यम तथा व्यवसाय गरेको खुल्ने प्रमाणसहित प्रोत्साहन कार्यक्रममा सहभागी हुन सक्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत ढालबहादुर जिसीले जानकारी दिनुभयो । 

मुसीकोटमा गत आवमा १०५ घरपरिवारका ४३९ जना बसाइँ सरी आएका नगरपालिकाले जनाएको छ । सोही अवधिमा पालिकाबाट ७४८ घरपरिवारका तीन हजार ११५ जनाले बसाइँसराइको प्रमाणपत्र लगेका पञ्जीकरण शाखाले जनाएको छ ।

यस आवको पुस मसान्तसम्म गाउँपालिकाभित्र ११ घरपरिवारका ३५ जना बसाइँ सरी आएका र ६७ घरपरिवारका  २८५ जनाले बसाइँसराइ प्रमाणपत्र लगेका शाखाले जनाएको छ । बसाइँ सर्नेमा सहर र अवसरको खोजीमा जानेहरू रहेका मुसीकोट नगरपालिकाले जनाएको छ । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै