• २ कार्तिक २०८१, शुक्रबार
  • १४:२४:००

Now: संगित सरगम

Next: नेपाल खवर

लोकमार्गका पसलमा बडिगाड गाउँपालिकाले गर्‍यो बजार अनुगमन

बागलुङ । चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिन सक्ने भन्दै बडिगाड गाँउपालिको बजार अनुगमन थालेको छ । दशैं तिहार नजिकिँदै गर्दा पालिकाले सोमबारबाट मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने मुख्य बजार क्षेत्रका पसलको अनुगमन गरेको हो ।

सोमबार वडा नं ५ को खौलार बजार र वडा नं २ को खर्बाङ बजारमा रहेका पसल तथा मंगलबार आज भिमगिठे बजार क्षेत्रका पसलहरुको अनुगमन गरिएको हो ।गाउँपालिकाले किराना, औषधी, लत्ताकपडा, माछा मासू, तरकारी तथा फलफूल लगायतका सय भन्दा बढि थोक तथा खुद्रा पसलमा अनुगमन गरेको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयाे ।

अनुगमनका क्रममा अधिकांश किराना पसलहरुमा म्याद गुज्रेको सामाग्रीहरु फेला परेको बताउदै भण्डारीले मुल्यसूची नराखेको, पसल दर्ता तथा नविकरण नभएका र पसलहरुमा साईनबोर्ड नभएको लगायतका समस्याहरु भेटिएको बताउनुभयाे ।

यस्तै गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले भने जरिवाना असुल्ने नभई बजार अनुगमनका क्रममा भेटिएका कमजोरीहरुलाई सुधार गर्न बजार अनुगमन गरिएको जानकारी दिनुभयाे ।

अनुगमनका क्रम्मा पसलहरुमा भेटिएका कमजोरीहरुमा पहिलो पटक सुझाव दिएको तर अर्को पटकको अनुगमनका क्रममा पनि सोही कमजोरी भेटिए गाउँपालिकाले जरिवाना सहितको कार्वाहि गर्ने गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयाे ।

“बजार अनुगमन व्यवसायीहरूलाई आतंक फैलाउने र तत्काल जरिवाना गरेर तर्साउने उद्देश्यले शुरु भएको हैन अध्यक्ष अधिकारीले भन्नुभयाे बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरहीन वस्तु विक्री वितरण गरी उपोभोक्ता ठग्ने व्यापारीलाई कारवाहीको दायरामा ल्याउन र चाडपर्वमा पालिकाबासीहरु नठगिउन भन्नका लागि बजार अनुगमन सुरु गरिएको हो ।”

बजार अनुगमनमा भेटिएका म्याद गुज्रेका सामाग्रीहरु व्यापारीले १ हप्ता भित्र फिर्ता गर्नका लागि जफत नगरिएको र पुन ः १ हप्तामा नगरप्रहरी सहितको टोलीले सम्बिन्धीत पसलका उक्त सामाग्रीको अनुगमन गर्दा पनि सोही अवस्थामा भेटिए कारबाही सहित म्याद गुज्रेका सामाग्री जफत गरिने गाउँपालिका उपाध्यक्ष भिमसेन वनले बताउनुभयाे ।

गाउँपालिकाले मुख्य बजार क्षेत्र संगै पालिकाका विभिन्न ग्रामिण क्षेत्रमा रहेका पसल व्यवसायहरुको पनि निरन्तर अनुगमन गर्दै जाने जानकारी दिए छ । पालिकाले उद्योग, वाणिज्य तथा आपूर्ति विभागको बजार अनुगमन निर्देशिकालाई आधार मानेर अनुगमन समेत जनाएको छ । 

कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्य सहित अनुगमन सुरु गरिएको भन्दै गाउँपालिकाले अनुगमनका क्रममा व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह समेत गरेको छ ।

अनुगमनमा गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारी सहित कर्मचारीहरु र नगर प्रहरीहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस