• १८ बैशाख २०८१, मंगलबार
  • १९:२०:०९

Now: सारथी हालचाल

Next: पुराना लोक दोहोरी गीत

नेपाल शिक्षक महासङ्घ मुसिकोटले आधारभूत तहका शिक्षकलाइ विद्यार्थी मूल्याङ्कन तालिम दिने

फाइल फाेटाे

मुसिकोट । नेपाल शिक्षक महासङ्घ मुसिकोट नगर कार्य समितिको बैठकले शिक्षा र शिक्षकसङ्ग सम्बन्धित महत्वपुर्ण ३ निर्णय गरेको छ ।

पछिल्लो समय विद्यालयको आधारभूत तह कक्षा १-३ मा निरन्तर विद्यार्थी मूल्याङ्कन मार्फत विद्यार्थीको मूल्याङ्कन गर्ने पद्दति लागु भएपनि कार्यान्यन पक्ष कमजोर भएको गुनासो र प्रयोगमा व्यवहारिक कठिनाइ देखिएकोले बैशाख ७ गते शुक्रबार तालिमको आयोजना गर्ने समितिका अध्यक्ष देवीराम शर्माले जानकारी दिनुभयो ।

तालिममा नगरभित्रका प्रत्येक विद्यालयबाट प्रतिनिधिमुलक १ जना शिक्षकलाइ सहभागि बनाइने साथै तालिम लिएका शिक्षकले अन्य शिक्षकलाइ सहजिकरण गर्ने अपेक्षा लिएको समितिका उपाध्यक्ष बोम बहादुर छन्तेलले बताउनुभयो ।

महासङ्घले भर्खरमात्र मुसिकोट नगरपालिकाभित्र बिस्थापित शिक्षकहरुलाइ कुनै न कुनै तरिकाले व्यस्थापन गर्न मुसिकोट नगरपालिकासमक्ष अनुरोध गर्ने निर्णय भएको समितिका सचिव बुद्दिमणी खरेलले बताउनुभयो ।

त्यस्तै बिक्रमसम्वत २०८० मा मुसिकोट नगरपालिकामा शिक्षक सेवा आयोगद्वारा स्थायी शिक्षकको रुपमा सिफारिस भइ विभिन्न तहमा पदस्थापन हुनुभएका शिक्षकहरुलाइ स्वागत एवम सम्मान गर्ने निर्णय गरेको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै