• २ कार्तिक २०८१, शुक्रबार
  • १०:४५:२३

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

दिलु सलामी मगरको ‘रुरुको तीनमुखे पुल’ गित सार्बजनिक (भिडियो सहित)

बडिगाड : बागलुङ्गे गायिका दिलु सलामी मगर र श्री बुढाथोकी मगरको आवाजमा  ‘रुरुको तीनमुखे पुल’ बोलको नयाँ लोकदोहोरी गीत यृ ट्युव मार्फत सार्बजनिक भएको छ ।

सलामीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा शब्द सिर्जना पनि उनकै रहेको छ भने लय सिर्जना राजु सुनाम र अडियो मिक्सिङ विनोद परियारले गरेका छन् । 

सार्बजनिक उक्त म्युजिक भिडियोमा आनन्द गुरुङ र अन्जु गुरुङले उत्कृष्ट अभिनय गरेका छन् । यो गितको निर्माता गुल्मी भार्से घर भई हाल हङकङमा रहेका लप्टन कुलबहादुर बुढाथोकी रहेका छन् । 

म्युजिक भिडियोको निर्देशन दिप गुरुङले गरेका हुन् भने सिनेमाटोग्राफर विजय लामा र सम्पादन पदम सुवेदी रहेका छन् । यही गितको म्युजिक भिडियो मार्फत गुल्मी, पाल्पा र स्याङ्जाको संगम स्थल साथै धार्मिक तथा ऐतिहासिक क्षेत्र  ‘रुरुको तीनमुखे पुल’ को प्रचार प्रसार गरिएको छ । 
हेर्नुहोस गितको म्युजिक भिडयो: 

 

प्रतिकृया दिनुहोस