• ९ श्रावण २०८१, बुधबार
  • १२:२४:१६

Now: माई च्वाईस

Next: थाहा अपडेट

मुसिकोट २ काे टारीडाँडामा ६२ वर्षीय राना मृत फेला

गुल्मी । जिल्लामा एक जना व्यक्ति मृत फेला परेका छन् ।

इस्मा गाउँपालिका-१ निवासी ६२ वर्षका ठगबहादुर राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए । 

घरबाट जेठ ३२ गते खेतमा जान्छु भनेर हिंडेका राना मुसिकोट नगरपालिका-२ टारीडाँडास्थित खेतमा ४ दिनपछि मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सूर्यभान चौधरीको कमान्ड प्रहरी टोली खटिएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै