• २ कार्तिक २०८१, शुक्रबार
  • १०:४४:१३

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

खस्कदै माटोको जैविक तत्व, घट्दै पोषणको अवस्था

रैथाने बाली लगाउन छाड्दा माटोमा अम्लियपना बढेको छ ।

बागलुङ : पछिल्लो समय बालबालिकामा पोषणको मात्रा कम हुँदै गएको छ । यो अवस्था आउनुमा माटोमा पोषणको अवस्था कमजोर भएको सरोकारवालाले बताएका छन् । माटो बिषादीरहित नभएको, रैथाने बाली लगाउन छाड्दा माटोमा अम्लियपना बढेको समेत बताइएको छ । त्यसबाट आउने खाना पनि पोषण कम भएको भेटिएको स्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य अधिकृत लक्ष्मी शर्माले बताइन् ।

आम नागरिकले खाने खानामा शरीर वृद्दि गर्ने, बल दिने र स्वस्थ रहने भएपनि ती तत्व पाउन छाडिएको हो । ‘पाँच वर्षअघि एउटा दाना सुन्तला खाँदा पाउने खनिज तत्व अहिले ८ वटा खाएर पनि पाइदैन, यो अनुसन्धानले देखाएको हो’ शर्माले भनिन्, खानामा पोषण घट्नुमा माटोको संरक्षण नहुनु हो ।’ माटोको पोषण तत्व जोगाउन सकेमा मात्रै खानपान र पोषणको अवस्थामा सुधार हुने उनले सुझाइन् ।

बागलुङ नगरपालिका र स्वास्थ्य कार्यालयको आयोजनामा भएको किसान, विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी लगायत सरोकारवाला अभिमुखीकरण कार्यक्रममा माटो र पोषक तत्वको अन्तरसम्बन्धबारे अब समाजमा छलफल हुनुपर्ने उनको सुझाव छ । माटो पछिल्लो समय बिनास भैरहेकोले उत्पादकत्व त घटेकै छ । तर, पोषण तत्व पनि कमजोर भएको अध्ययनको निष्कर्षबारे शर्माले प्रस्तुतीकरण गरिन् । नेपालका धेरै स्थानीय तहहरु बालमैत्री अभियानमा लागेका छन् । तर बालबालिकामा पोषणको कमी भैरहेकोले आवस्यक सूचक पुरा गर्न कठिन हुने शर्माले चिन्ता व्यक्त गरिन् ।

कार्यक्रममा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले पोषणको कारण बालबालिकाको विकासमा परेको असरले भोलिको दक्ष जनशक्ती उत्पादनमा समस्या हुने बताए । नगरपालिकाले पहल गरेपनि बिषादीरहित खेतीपाती लगाउने काममा स्वास्थ्यकर्मी, प्राविधिकले किसानलाई सुझाव दिनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस