प्रेम प्रस्ताव मन्जुर नहुदाँ पनि नजिकिएको युनिका-क्षितिजको प्रेम
मेरो एउटा साथी छ । म उसलाई अथाह माया गर्छु । जीबनको अन्तिम घडी सम्म शरिरका अंग अंगहरु स्पर्शको अपेक्षा गर्दै मृत्यु शैयाबाट पनि उनकै नाम उच्चारण गरि यो सुन्दर संसारबाट जीवन लिला समाप्त होस भन्ने चाहना छ ।
यस्तै यस्तै मिठास बाक्यहरु गुनगुनाइरहेको थियो उ । सामान्य किसान परिवारको झुपडीमा लाहुरे बाउ/आमाको कोखबाट चौथो सन्तानको रुपमा जन्मिएको थियो दुख/सुख र विभिन्न कठिनाइको बाबजुद भर्खरै एसएलसी उतिर्ण गरि उच्च शिक्षा अध्यन गर्ने सरल र अनुसासित किशोर अबस्थाको विद्यार्थी थियो क्षितिज ।
सामाजिक उत्तरदायित्व सहितको सहयोगि पनि थियो । विभिन्न सामाजिक संघ सस्था, युबा क्लबहरुमा जोडिएर गाउँ समाज र टोल छिमेकमा देखिएका समस्या समाधानको लागि आफू सक्दो प्रयत्न गर्ने गथ्र्यो । विद्यार्थी संघ संगठनमा पनि आबद्ध थियो ।
अत्यन्तै कम बोल्ने भद्र र शालिनताको प्रतिमुर्ति मात्रै होइन लैङ्गिक हिंसा, बालबिबाह, जातिय विभेद छुवाछूत जस्ता असामाजिक गतिविधि र अन्याय अत्याचारको डटेर बिरोध गर्ने गर्दथ्यो ।
उच्च शिक्षा अध्यनको लागि गाउँ देखि अन्यत्र जानुपर्ने बाध्यताको बाबजुद अनुकूलको समयमा आफूले अध्यन गरेको बिद्यालयमा खाजा खाने समय र छुट्टि हुने समय भलिबल खेल्ने बहानामा बर पिपलको छहारिमा बसेर बिद्यालयको बाताबरण नियालिरहन्थ्यो ।
यसै क्रममा बिद्यालयले आयोजना गर्ने हरेक गतिविधिहरुमा सहभागिता जनाउने जिउडाल चट्ट मिलेको अति सुन्दर किशोरिमा उस्को नजर पर्याे । उनको शारीरिक बनावट र सौन्दर्यताको बर्णन गरि साध्य थिएन । फुर्सदिलो समयमा सिपालु काडिगढले बडो मिहिनेतका साथ ढुङ्गा अथवा काठ कुदेर बनाइएको मुर्ती जस्तै थिइन उनी ।
गाउँका सबै युबाहरु लोभिन्थे उनलाई मन पराउन्थे । मध्यम बर्गिय किसान परिवारमा लाहुरे बाउ/आमाको कोखबाट तेस्रो सन्तानको रुपमा जन्मिएकी थिइन युनिका । शारीरिक, मानसिक र सौन्दर्यता संगै नाम पनि नौलो थियो । भर्खरै नि.मा.बि. तह पढदै थिइन । अध्यन संगै नाचगान, खेलकुद र बिद्यालयमा हुने हरेक क्रियाकलापमा रुचि थियो ।
विद्यालयमा उनी कक्षा कोठाको नेतृत्व गर्थिन । निडर, हक्की स्वभावकि, अन्याय अत्यारको विरुद्ध लडने सामथ्र्य थियो । त्यसैले बिद्यालय परिसर भित्र मात्रै होइन गाँउघर टोलछिमेक र मेला पर्बहरुमा समेत कोहि कसैले उनलाई अनावश्यक कुरा गर्ने आट गर्दैन्थ्यो ।
राम्रो पारिवारिक संस्कार र बाताबरणमा हुर्किएको हुदाँ सबैले इज्जत गर्थे । माथी उल्लेखित बिषयहरुमा सुक्ष्म जानकारी र केहि दिनको अबलोकन पछि क्षितिजको मनमा धेरै कुराहरु खेल्न थाल्यो ।
भर्खरै कुर्कुरे जवानी अबस्थामा पाइला टेक्दै गरेको क्षितिज बेलुकिको खानापछि आफ्नै कोठा भित्र बिस्तरामा ढल्किएर काल्पनिक महलहरु खडा गर्न थाल्यो । त्यो समय आफ्नो प्रेमिकाको लागि उपयुक्त पात्र युनिकालाई ठान्यो र प्रेम प्रस्ताव राख्ने निर्णय गर्यो ।
कहिल्यै प्रत्यक्ष भेट र बोलचाल नभएको गाउँले किशोरीलाई प्रेम पत्र लेखि साथिको माध्यमबाट पठायो । बिडम्बना क्षितिज नाम भएका दुई जना युबा गाउँमा भएकोले प्रष्ट हुन प्रतिबिम्बको माग राखियो । प्रतिबिम्ब बुझाएको केही दिनपछि प्रेम प्रस्ताव ठाडै अस्विकार गरियो ।
त्यो परिस्थितिलाई क्षितिजले सहज रूपमा लियो र पुन पत्राचार गर्ने आबश्यकता ठानेन । तर उनी संग नजिक हुने चाहना यथाबत थियो । झन्डै दुइ बर्ष पछि माध्यमिक तहको शिक्षा पूरा नगर्दै गाउँकै एक नौजवान संग प्रेम सम्बन्धमा जोडिएर त्यो कलकलाउदो रहरलाग्दो उमेरमा भागि बिबाह गरि शहर पुगिन युनिका ।
केही महिना शहरको बसाइँ पछि घर फर्किन्छन । दुबै परिवारले उक्त बैबाहिक सम्बन्धलाई सहर्ष स्विकार्छन । बिवाहको एक बर्ष भित्रै बच्चा जन्मियो । बैबाहिक जीबन र सम्बन्ध राम्रै थियो । माया/प्रेममा कुनै कमि थिएन ।
बहुदलीय ब्यबस्था आगमन पछिको प्रगतिशील सामाजिक माहौल अंतरगत परिवारका धेरैजसो सदस्यहरू सामाजिक क्षेत्रमा सक्रिय थिए । त्यसैले उनी पनि आमा समूहको नेतृत्व गर्दै विभिन्न सामाजिक क्षेत्रमा जोडिएर आफ्नो पदिय जिम्मेवारी सम्हाल्ने गर्थिन ।
युनिकाको बिबाह भएको तिन वर्ष पछि क्षितिजले भब्य रूपमा मागी बिबाह गर्यौ । रोचक कुरा यो थियो कि क्षितिज/युनिका एउटै गाउँका बासिन्दा र सामाजिक क्षेत्रमा कृयासिल हुदाँहुदै पनि गाउँ ठाउँ, मेलापात, कुटानी पिसानी, भोज भतेर, सभा गोष्ठी अथवा बाटोघाटोमा कहि कतै जम्का भेट भएर ज्भििय ज्क्ष् गर्ने अबसर समेत जुरेको थिएन ।
दुबैको जीवन उल्लासमय थियो । आ–आफ्नै रंगिन संसारमा रमाएका थिए । उनले समाजमा एक सुशील नारी/बुहारी संगै शिक्षित गृहिणीको परिचय बनाएकी थिइन । शैक्षिक योग्यता र प्रमाणपत्र नभए पनि जिम्मेवार नागरिकमा हुनुपर्ने गुण थियो उनमा । हरेक बिषय बस्तुको बारेमा छिट्टै बुझ्न र बुझाउन सक्ने ल्याकत उनमा थियो ।
उनका श्रीमान आयआर्जनको लागि वैदेशिक रोजगारिमा थिए भने क्षितिज गाउँमै । बिबाहको केही बर्षपछि अचानक युनिकाको जीबनमा अध्यारा दिन शुरु भए र पारिवारिक खुसीमा बाधा पुर्यायो । यति धेरै माया गर्ने संगीनी माथी परस्त्रीलाई दोस्रो श्रीमतिको रूपमा भित्राइएको खबर उनले सुन्नुपर्यो ।
सामाजिक संजाल र फोन सम्पर्कको पहुँच नभएको कारण उक्त घटना ढिला थाहा भयो । यो असह्य पिडाको बाबजूद आफ्नो अस्मिताको रक्षा गर्दै बच्चाको पालनपोषण देखि शिक्षा दिनुपर्ने मान्यताका साथ सम्हालिन बाध्य थिइन उनी ।
श्रीमान/श्रीमती बिच हुने चिट्ठी पत्रको आवतजावत र फोन सम्पर्क टुट्यो । झन्डै सात वर्ष सम्म सम्र्पक बिहिन अवस्था र बैबाहिक सम्बन्धमा खटपट भएको बिषय गाँउ समाज र छरछिमेकिलाई प्रष्ट थाहा भयो ।
त्यसैले गाँउका केही भुसतिघ्रे यौनपिपासुहरु उनको सुन्दर जवानी र एक्लोपना देखेर मुख मिठाई रहन्थे । मौकाको फाइदा उठाउन विभिन्न कोणबाट यौन प्रस्ताव राख्थे तर युनिकाले सिधै अस्विकार गर्ने गर्थिन । कहिल्यै लोभ लालच र झुठो आश्वासनको पछाडी लागिनन् ।
उनको अदम्य साहस र इमान्दारीता प्रति श्रीमान बाहेकका अन्य परिवारका सदस्यहरु र माइती पक्ष खुशि थिए । साथ, सहयोग र समर्थन गर्दथे । त्यो अत्यासलाग्दो कठिन समय संग कहिल्यै सम्झौता गरिनन् । आफ्नो सन्तानलाई शैक्षिक बातावरणमा हुर्काएर आफ्नै खुट्टामा उभिएर हिडन सक्ने काबिल बनाएकी छन ।
त्यसैले उनको बच्चा विदेशी भुमी युरोपियन मुलुकमा अहिले पसिनाको व्यापार गर्दैछ । संघर्ष गरेर नै युनिकाको परिस्थिति आज सहज बनेको छ । नेपालका प्रमुख शहरहरु मध्यको एउटा शहरमा आफ्नै मिहनेत र लगानीमा ताजमहल बनाएकिछिन ।
क्षितिज पनि आफ्नो सुन्दर भबिस्यको परिकल्पना गर्दै बालबच्चाको पालनपोषण देखि गुणस्तरीय शिक्षा दिलाउन र परिवारलाई खुशी राख्न गाँउको बसाइँबाट संभव नभएपछि करिब एक दशक भन्दा लामो समयदेखि वैदेशिक रोजगारिको सिलसिलामा सात समुन्द्र पारिको मुलुकमा छ ।
हरेक २/२ बर्षको अन्तरालमा घर आउने दिनचर्या चलिरहेकै छ । यसै सिलसिलामा एकदिन विदेशी भुमिमा साँझको खाना पछि सुतेको क्षितिज बिहान सबेरै आँखा मिच्दै उठ्यो र सिरानी मुनि राखिएको मोबाइल संगै नेटवर्क अन गर्यो ।
त्यतिबेला नै मोबाइलमा नोटिफिकेशन बेल टिङ्ग बज्यो । के रहेछ भनेर हेर्दा युनिकाले सामाजिक संजाल फेसबुकमा साथी बन्नको लागि अनुरोध गरेको नोटिस रहेछ । उस्ले बिगतलाई सम्झियो, झस्कियो, अल्मलियो र बिश्वास गर्न सकेन । प्रोफाइलमा पूरा नामथर थिएन ।
युनिका मात्रै लेखिएको थियो । साथै आजभोलि गाँउघरमा युनिका नाम भएका अन्य महिलाहरु पनि थिए । त्यसैले २/३ पटक प्रोफाइल खोलेर हेरिरह्यो र सर्हस अनुरोधलाई स्विकार्यो । करिब तीन दशक पछि आफुले मन पराएको मान्छे संग संजालमा जोडिन पाउँदा स्वभाबिक रूपमा हर्षित थियो क्षितिज ।
अब कसरी उनको सुमधुर आवाज सुन्न र भिडियो कल मार्फत प्रत्यक्ष देख्न पाइएला भन्ने कौतुहलता बढदै गयो । एकदिन क्षितिजले म्यासेन्जरमा नमस्कार सहितको एउटा स्टिकर सेन्ड गर्यो उताबाट दुई ओटा स्टिकर सहितको रेस्पोन्स आयो ।
यसैगरी दिनानुदिन समयको ब्यबस्थापन गर्दै च्याटिङ्ग, अडियो र भिडियो कल हुनथाल्यो । क्रमिक रूपमा सबै बस्तुस्थिती, सुख दुःखका घटना, जीबनका यतार्थ ब्यथा, वेदना र भाबनाहरु एक आपसमा साटासाट गर्दै घन्टौंसम्म भिडियो कल हुने क्रम बढ्यो ।
संबादकै क्रममा क्षितिजले प्रेम पत्रको बिषय उठाईरहन्थ्यो ।उनि लजाएर रातोपिरो हुदै उक्त बिषय नउठाउन अनुरोध गर्दथिन । बास्तबमै उक्त प्रेम–पत्र युनिका/क्षितिज दुबैको लागि पहिलो थियो । क्षितिजले अहिलेसम्म पनि आफूले उनलाई अथाह माया गरेको कुरा सुनाउथ्यो ।
अब हामी समय, परिस्थिति, सामाजिक मूल्य र मान्यताका आधारमा पनि संगै हुन सक्दैनौं तर समय अनुकुल प्रत्यक्ष भेटमा नजर जुधाउन र शरिरका अंगहरु नियाल्न, स्पर्श गर्न, चुम्न र सुमसुमाउन पाउनुपर्ने सादर अनुरोध गथ्र्यो । उनी मौनतामा लजाउदै, मुस्कुराउदै मुन्टो हल्लाएर स्विकार्ने गर्छिन ।
लेखक : गोपाल गिरि, मुसिकोट नगरपालिका १ पौदी अरेवा गुल्मी । हाल कुबैत ।
प्रतिकृया दिनुहोस