सिसाखानीमा १ दिने एकीकृत जनस्वास्थ्य अभियान सम्पन्न
बडिगाड : सिसाखानी स्वास्थ्य चौकिको आयोजना तथा बडिगाड स्वास्थ्य शाखाको प्राबिधिक सहयोगमा बडिगाड ३ सिसाखानीमा हिजो (बुधवार) १ दिने एकीकृत जनस्वास्थ्य अभियान सम्पन्न भएको छ ।
उक्त अवसरमा इम्प्लान्ट सेवा ७ जना, गर्भवती भिडियो एक्सरे सेवा ९ जना, ८ जनाको क्षयरोग खकार नमुना संकलन, १६ जनाको सुगर गरिएको साथै सामान्य स्वास्थ्य परिक्षण ४२ जना गरि ८२ जना नागरिकले बिभिन्न स्वास्थ्य सेवा लिएको सिसाखानी स्वाथ्य चौकीका बरिष्ठ जनस्वास्थ्य निरिक्षक भक्त बहादुर श्रीसले बताउनुभयो ।
प्रतिकृया दिनुहोस