रेमलीटोला प्राबि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा भुषाल सर्वसम्मत चयन
खर्वाङ : रेमलीटोला प्राथमिक बिद्यालय बडिगाड गाउँपालिका २ सक्न्यारको अभिभावक भेला सम्पन्न भएको छ । हिजो (शुत्रवार) बिद्यालयको प्राङगणमा भएको भेलाबाट बिद्यालय ब्यबस्थापन समितिको गठन पनि गरिएको छ ।
भेलाले सर्वसम्मत रूपमा बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा बाल कृष्ण भुषाल चयन हुनु भएको हो । सदस्यहरुमा छवि थापा, लालमाँया थापा, होमा पुन, गिता थापा चयन हुनुभएको छ ।
यस्तै शिक्षक प्रतिनिधि वावुराम भुसाल, महिला सदस्य ईश्वरी थापा, पदेन सदस्य ढाल प्रसाद शेरचन, सचिव नरमती थापा भुजेल, शिक्षक अभिभावक संघ अध्यक्ष मन बहादुर थापा, सदस्यहरुमा खड्क बहादुर घर्ति, सदस्यहरुमा हेमनाथ घिमिरे, आशा थापा, लक्ष्मी सलामी, गोमा काउचा र खिम बहादुर पुन चयन हुनुभएको रेमलीटोला प्राथमिक बिद्यालयले जनाएको छ ।
भेलामा बिद्यालयका शिक्षक, बडिगाड २ का बडाध्यक्ष ढाल प्रसाद शेरचन अभिभावक लगायत शिक्षाप्रेमी महानुभाबहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस