रुद्रावती प्रावि मुसिकोट लुग्रुङको १६ औं वार्षिकोत्सव सम्पन्न
मुसिकाेट । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. २ मा रहेको रुद्रावती आधारभूत विद्यालयको १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित आज सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत गतवर्ष निर्माण भएको २ कोठे सहितको ४ कोठे भवनको उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेल जिवनले स्थानियको माग र आवश्यकता अनुसार विकास निर्माणमा अग्रसर हुनु नगरपालिकाको कर्तव्य भएको बताउनु भएको छ।
स्थानियहरुले राखेका सडक तथा खानेपानी संग सम्बन्धित माग र विद्यालयकै थप स्तरवृद्धिका लागि विद्यालयले राखेको अपेक्षामा नगरप्रमुख खरेलले आफ्नो दायित्व नर्विसने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
जनप्रतिनिधि नागरिकका समस्या समाधानकै लागि भएको भन्दै क्रमस समाजकालागि आवश्यक पूर्वाधार सहितको विकासका लागि नगरपालिका निरन्तर लागिरहेको बताउनु भएको छ। कार्यक्रमकै अवसरमा नगरपालिकाद्धारा निर्मित लुग्रुङ प्रतिक्षालयको उद्घाटन समेत गरिएको थियो।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरि, शिक्षा अधिकृत प्रकाश नेपाली लगाएतको सहभागिता रहेको थियो ।
साे अबसरमा विद्यालयका प्रधानाध्यापक भोजेन्द्र नेपालीले विद्यालयको भावि कार्यक्रम सहितको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विद्यार्थीहरुको सिर्जनात्मक विभिन्न कार्यक्रमहरु सञ्चालन भएको थियो ।
वार्षिकोत्सवमा लोक दोहोरी गायिका विष्णु श्रीपाली, लोक दोहोरी गाएक गोविन्द विसि, डान्सर लक्ष्मण भण्डारी, प्रिति बस्नेत लगाएतको प्रस्तुती रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्धिवल चालिसेको अध्यक्षता, शिक्षक गिता खड्का, विद्यार्थीहरु आशिका नेपाली र सुनामी नेपालीको स्वागत मन्तव्य तथा शिक्षक खिम बहादुर घर्तिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
आधारभूत तह (१–५) चलिरहेको विद्यालयले पनि विद्यार्थीहरुको प्रतिभा पहिचान गरि वृहत कार्यक्रम गर्नसक्छ भन्ने उदाहरण देखाएको रुद्रावती आधारभूत विद्यालयमा विद्यार्थीहरुले पिटि प्रदर्शन, नृत्य, नाटक संगै शैक्षिक सामाग्रि समेत प्रदर्शन गरेका थिए ।
प्रतिकृया दिनुहोस