• २९ फाल्गुण २०८१, बिहीबार
  • २२:४१:११

Now: खुलदुली डटकम

Next:

भानु माविमा लघुकथा नाटक ‘कर्मको फल’ प्रदर्शन

खर्वाङ । गीत, संगीत, साहित्यीक रचना तथा नाटकले समाजका विभिन्न विषयको चित्रण गर्दछन् । यस्तै चित्रण बागलुङको बडिगाड गाँउपालिकाको एक विद्यालयमा गरिएको छ । विद्यार्थीले समाजमा देखेसुनेका विषयमा आ–आफ्नो परिकल्पनामार्फत प्रस्तुती प्रस्तुत गरे ।

बडिगाड ५ को भानु माविमा विद्यार्थीहरुले ६२ औं वार्षिकोत्सवको अवसरमा नाटकमार्फत यस्तै एक विषयको उठान गरे । शनिबार विद्यालयको वार्षिकोत्सवको अबसरमा भुमिका सुनारले लेखन तथा निर्देशन गरेको एक नाटक प्रस्तुत भयो ।

भानु माविको कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरु सहभागी नाटक ‘कर्मको फल’ मा विद्यार्थीहरुले बुहारी र नातीमाथि सासुले गरेको दमन तथा छिमेकीको कुरा सुन्दा बुहारीले सहनुपरेको दुःख देखाउन खोजिएको थियो ।

दाईजोको बहानामा बुहारीमाथि भएको हेलाहोचो, विधुवा भएपछि सहनुपरेको बचन र बोक्सीको निहुँमा छिमेकीका कुरा सुन्दा सासुले गरेको व्यवहार नाटकमा देखाईएको थियो । आमालाई सासुले गरिरहेको दमन नियालिरहेको छोरोले आवाज उठाउँदा आफुले पनि सहनुपरेको दुःख र सबै घटना घट्दा पनि समान्य मानेकी बुहारीको साहस नाटकमा थियो ।

सबथोक सहेकी बुहारीले आमा बिरामी पर्दा गरेको स्याहार र हजुरआमाले आफु र आमालाई नराम्रो गरेकोले दुःखको भोगाई हुनुपर्ने छोराको माग नाटकमार्फत प्रस्तुत हुँदा आमाले छोरोलाई सिकाएको सँस्कार गज्जब थियो ।

नाटकमा भुमिका सुनार सासुआमा, सिर्जना काउछा बुहारी, छविलाल काउछा बुबा, आविष्कार अर्याल नाती, समिक्षा सेर्पुजा र लक्ष्मी वि.क छिमेकीको भुमिकामा थिए । नाटकको लेखन तथा निर्देशन गरेकी भुमिकाले आफुले यस्ता घटना समाजमा देखेको र बुबाआमाहरुबाट सुनेको आधारमा कथा तयार परेको बताईन् ।

आफुहरुको समयमा यस्ता घटना गाँउघरमा हुने गरेको सुनाउँदै अभिभावक निर्मला घिमिरेले अझै पनि गाउँमा यस्ता घटना भएपनि लुकाउने गरेको हुँदा घटना लुकाउन नहुने तर्क गर्दै भनिन, ‘नाटक राम्रो थियो । हाम्रो समयमा हुने घटनाको झल्को दियो । समाजमा यस्ता घटना बेलाबेलामा हुने गर्दछन् । अचेल सासुले बुहारीभन्दा पनि बुहारीले सासुमाथि यस्ता घटना घटाउने गरेका छन । घटना एउटै तर पात्र फेरीएका छन् ।’

भानु माविका शिक्षक विष्णु खनालले विद्यार्थीलाई सामाजिक विषयबस्तुमा जानकार गराई विद्यार्थीमार्फत समाजमा सचेतना जगाउन विद्यालयले यस्तो प्रयास गरेको बताए ।

विद्यालयमा गत पुस ५ गते पनि लघु नाटक प्रतियोगिता आयोजना गरिएको र अतिरिक्त क्रियाकलापअन्तर्गत कक्षागत प्रतियोगितामा १० समुहको सहभागिता थियो । प्रतियोगितामा प्रथम कक्षा ८ को समुहले सामाजिक समस्या हटाउन चेलिबेटी बचाउ, द्धितिय कक्षा ९ को समुहले कर्मको फल र तृतिय कक्षा ७ को समुहले बोक्सी र विधुवा महिलाको अवस्थाको विषयमा नाटक प्रस्तुत गरेको पनि शिक्षक खनालले बताए ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै