बाग्लुङको खुखानी र म्याग्दीमा भूकम्प

काठमाण्डाै । आज बिहान म्याग्दी र बाग्लुङमा भूकम्प गएको छ । बिहान ३ बजेर १४ मिनेटमा म्याग्दीको मुरी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
म्याग्दीमा भूकम्पको धक्का महसूस भएको ३ घण्टापछि बाग्लुङमा पनि भूकम्प गएको हो । केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेटमा बाग्लुङको खुखानीलाई केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि गएको १६ गते सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु बनाएर ६ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रतिकृया दिनुहोस