• १३ बैशाख २०८२, शनिबार
  • १५:५३:३३

Now: लोकछहारी

Next: थाहा अपडेट

गुल्मीमा सुतिरहेकै अवस्थामा शिवरामको ज्यान गयाे

गुल्मी । जिल्लामा एक मजदुरको मृत्यु भएको छ ।

मदाने गाउँपालिका-६ पुर्कोटदहअन्तर्गत सालझन्डी–ढोरपाटन सडकखण्डमा काम गर्ने रोल्पा लुङ्ग्री गाउँपालिका-२ का ५०/५२ वर्षीय शिवराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । 

उनी स्थानीय पुष्कर थापाको घरमा कोठा भाडामा लिएर बसेका थिए । सँगै सुतेका १३ जना बिहान ६ बजे काममा गए पनि उनी पुनः सुतेका थिए ।

खाना खाने समयमा पनि नउठेपछि साथीहरूले उठाउँदा मृत्यु भइसकेको अवस्थामा फेला परेको खबर आएको प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।

मृतकको शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घासमा ल्याएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै