मुसिकोट दरवार संरक्षणमा सेनाको साथ

गुल्मी । नेपाली सेनाले गुल्मीको ऐतिहासिक तथा धार्मिक क्षेत्र मुसिकोट दरवार संरक्षणमा महत्वपूर्ण काम गरेको छ ।
नेपाली सेनाको मध्य पश्चिम पृतनाको आयोजना, २२ बाहिनी अड्डा बुटवलको संरक्षण तथा राम बाण गुल्ममा सेनानी तिलक केसीको नेतृत्वमा दरवार क्षेत्रमा मेशिनरी वाल, रेलिङ्ग निर्माण र रंगरोगन गरेर हस्तान्तरण गरेको छ ।
नाइसा कन्ट्रक्सन सप्लार्यस प्राली रेसुङाले सात लाख ३६ हजार २८३ रुपियाँको लागतमा माघ २८ गतेबाट निर्माणको काम गरेको थियो । दरवारका २० मिटर लम्बाई, २.८ मिटर उचाइको वाल र २१ मिटर रेलिङ्ग निर्माण गरिएको नेपाली सेनाले जनाएको छ ।
दुवै संरचना नेपाली सेनाका मध्य पश्चिम पृतनाका पृतनापती, उपरथी प्रेम बहादुर पुनले मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेर ‘जीवन’लाई हस्तान्तरण गर्नुभयो । उपरथी पुनले जनहित कार्यक्रम अन्तरगत सेना र नागरिकको सम्बन्ध राम्रो बनाउन नेपाली सेनाले सामाजिक काम गर्दै आएको बताउनुभयो ।
ऐतिहासिक एवंम पुरात्वातिक स्थलको संरक्षण, पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले नेपाली सेनाले दरवारमा काम गरेको पुनले बताउनुभयो ।
नगरपालिकाको तर्फबाट मेयर खरेलले मुसिकोटको पहिचानको रुपमा रहेको दरवार क्षेत्रमा नेपाली सेनाले गरेको कामको प्रसंसा गर्नुभयो । उहाँले तीनै तहका सरकार मार्फत मुसिकोटको विकासमा थुप्रै काम भएको बताउँदै सेना कामले झन इट्टा थपेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस