त्रिभुवन माविका बालकलाकारकाे अभिनय रहेकाे “कुइँ! कुइँ!!” बालगीत सार्वजनिक
खर्वाङ । बडिगाड गाउँपालिका–२ खर्वाङस्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरूले अभिनय गरेको “कुइँ! कुइँ!!” नामक बालगीत सार्वजनिक भएको छ।
बालकलाकार प्रीति बस्नेतको नेतृत्वमा तयार गरिएको उक्त गीतमा साइन क्षेत्री, शिखा पुन, खुसी शेरचन, सिरिया बलामी, युज्मा श्रीस, मनिषा आचार्य, सुमा बुढाथोकी, एसिन सलामी, एलिशा बलाल, नेहा सुनार, सुस्मिता नेपाली, संचिता क्षेत्री र कुमारी सारूले अभिनय गरेका छन्।
उक्त बालगीतका गीतकार रामबाबु सुवेदी तथा संगीतकार टेकेन्द्र नेपाली रहेका छन्। गीतमा गरिमा अधिकारी, दृष्टि पौडेल र अनुश्रुति पन्तले स्वर दिएका छन् भने संगीत संयोजन साहस शाक्यले गरेका छन्।
बालबालिकाको प्रतिभा उजागर गर्ने उद्देश्यले निर्माण गरिएको उक्त गीतमा अभिभावकहरूको समेत लगानी रहेको छ, जसले स्थानीय स्तरमै बालप्रतिभालाई प्रोत्साहन गर्ने प्रयासलाई थप मजबुत बनाएको छ।
उक्त बालगीतले बालबालिकाको सिर्जनशीलता, अभिनय क्षमता र सांस्कृतिक झल्को प्रस्तुत गर्ने विश्वास लिइएको छ। स्थानीय स्तरबाट निर्माण भएको यस किसिमका सामग्रीले बालबालिकामा लुकेको प्रतिभा प्रस्फुटन गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


अनिष पाठक
प्रतिकृया दिनुहोस