• ३१ भदौ २०८३, बुधबार
  • १४:३१:०६

Now: संगित सरगम

Next: नेपाल खवर

बडिगाडमा अवैध भरुवा बन्दुक बरामद, गाँजा र चरेशसहित एक महिला पक्राउ

खर्वाङ । बडिगाड गाउँपालिकामा प्रहरीले बेवारिसे अवस्थामा राखिएका ३ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको गस्ती टोलीले आज वनमा लुकाइछिपाइ राखिएको अवस्थामा बन्दुकहरू फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीका अनुशार प्रहरीले बडिगाड गाउँपालिका वडा नं. ५ दागस्थित थानपति सामुदायिक वनमा भरुवा बन्दुक फेला पारेको हो ।

वनभित्र बाँसको झ्याङमा लुकाएर राखिएको १ नाले ३ थान भरुवा बन्दुक बरामद गरी आवश्यक प्रक्रिया पुरा गरिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी त्वातीले जानकारी दिए ।

यसैविच प्रहरीले लागूऔषध गाजा र चरेशसहित एक जना महिलालाई पक्राउ गरेको छ ।

लागूऔषध संकलन गरी बिक्री वितरण गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुर्तिवाङको टोलीले म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका वडा नं. २ लुलाङ स्थायी घर भई ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिवाङ रिभरहेडस्थित मीना होटल एण्ड रेष्टुरेण्ट सञ्चालन गर्दै आएकी मीना थापा भण्डारी भन्ने रामकुमारी थापालाई लागूऔषधसहित पक्राउ गरेको हो । 

पक्राउ परेकी थापाको रेष्टुरेण्टबाट प्रहरीले एक हजार ५ सय ग्राम गाँजा र तीन सय ८० ग्राम चरेशसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । थापामाथि थप अनुसन्धान गर्न जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थपिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै