• २० श्रावण २०८३, बुधबार
  • ०२:५३:४३

Now:

Next: शुभारम्भ धुन

पहिरोले जलजलाको एक घरगोठमा क्षती, एक घर जोखिममा

खर्वाङ । निरन्तर वर्षासंगैको पहिरोले बडिगाड गाउँपालिकाको एक घर गोठमा क्षती गरेको छ । 

आज विहान बडिगाड ४ जलजलाका स्थानिय लाल बहादुर विकको घर गोठ पहिरोले पुर्ण रुपमा क्षती गरेको वडाध्यक्ष मिलन रेश्मीले जानकारी दिए । अहिले लाल बाहादुर आफ्नै अर्काे घरमा बसेका छन ।  

पहिरोले स्थानिय ओम बहादुर बुढाको घर र गोठपनि जोखिममा परेको छ । बुढाको घरगोठ नजिकैबाट पहिरो गएको र अझै केहिदिन पानि परे ओम बहादुर घर गोठमा पनि क्षती पुग्ने भएकाले छिमेकी ढाल बहादुर बुढाको गोठमा अस्थाई बासको व्यवस्था गरिएको वडाध्यक्ष रेश्मीले बताए ।

यसैविच गत साउन ११ गते अविरल वर्षासँगै घर माथिबाट खसेको पहिरोले गोठसाले घर (घरगोठ एकै ठाउँ भएको) मा क्षती पुगेको जलजला छापहिलेका दुर्गाबहादुर दर्लामीको परिवारलाई आवश्यक जस्तापाता समेत वडाध्यक्ष रेश्मीले सहयोग गरेका छन ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै