• ३१ भदौ २०८३, बुधबार
  • १४:३१:०४

Now: संगित सरगम

Next: नेपाल खवर

बुर्तिबाङ अस्पतालमा पहिलोपटक हाडजोर्नी तथा नसासम्बन्धी शल्यक्रिया सफल

बागलुङ । बुर्तिबाङ प्रादेशिक अस्पतालमा पहिलोपटक हाडजोर्नी तथा नसा रोगसम्बन्धी तीनवटा जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ । अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाको दायरा विस्तार गर्ने क्रममा हाडजोर्नी तथा ट्रमा सम्बन्धी शल्यक्रिया सफल भएपछि स्थानीयलाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन डा अविनास पोखरेलले बताउनुभयो ।

अस्पतालमा शनिबार एकैदिन तीन बिरामीको सफल शल्यक्रिया गरिएको हो । जसमा स्थानीय ४७ वर्षीया महिलाको दाहिने खुट्टाको गोलीगाँठोको हड्डी भाँचिएको समस्या, ४० वर्षीया महिलाको दाहिने हातको नसा च्यापिएको समस्या र १७ वर्षीया महिलाको दाहिने हातमा रहेको गाँठो (सिस्ट) को शल्यक्रिया गरिएको मेडिकल सुपरिटेन्डेन डा पोखरेलले जानकारी दिनु भयो ।

“सिमित स्रोत साधनको बीचमापनि हामिले सफल सल्लेक्रिया गरेका छौ,यसँगै अस्पताललाई थप अवश्यक प्रविधिक सामग्रीको आवश्यक पर्छ त्यसको लागि सरोकारवाला निकाय सँग समन्वय गरिरहेको छौ” अस्तालका डा.अविशेक चौहानको नेतृत्वमा डा.दिनेश थापा र डा.सुरज नेपालीसहितको स्वास्थ्यकर्मी समुहले सफल शल्यक्रिया गरिएकाे थियाे ।

४७ वर्षीया महिलाको दाहिने खुट्टाको गोलीगाँठोमा भाँचिएको हड्डीलाई प्रविधिबाट पाता तथा स्क्रूको प्रयोग गरी जोडिएको थियो । त्यस्तै, ४० वर्षीया महिलाको दाहिने हातमा रहेकोे समस्याका लागि नसमा परेको दबाब हटाउने शल्यक्रिया गरिएको हो । त्यसैगरी, १७ वर्षीया महिलाको दाहिने हातमा रहेको गाँठो/गिल्टीलाई शल्यक्रियामार्फत निकालिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा हाडजोर्नी तथा ट्रमा सम्बन्धी जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न हुनुलाई अस्पतालको सेवा विस्तारमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । यसबाट पश्चिम बागलुङ तथा आसपासका ग्रामीण क्षेत्रका नागरिकले हाडजोर्नी र नसासम्बन्धी उपचारका लागि टाढाका ठूला अस्पतालमा जानुपर्ने अवस्थालाई केही हदसम्म कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको अस्पताल स्रोतको भनाई छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै